Category समाचार

गैर सांसद गोविन्द बन्दी मन्त्री बन्दा समर्थन र विरोध

काठमाडौं/ कानुन व्यवसायी गोविन्द बन्दी उर्फ गोविन्दप्रसाद शर्मा कोइराला बिहीबार एकाएक कानुन,,न्याय तथा संसदीय मामिला मन्त्री बनेसँगै उहाँको समर्थन र विरोध दुबै भएको देखिएको छ । सांसद नरहेका बन्दी नेकपा (एस)को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रीपरिषद बिस्तार गर्दा…

मुल्य बढेपनि बजारमा अझै ग्यास अभाव

काठमाडौं/ मुल्य बढेपनि आज पनि बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । ग्यास डिलरहरुले ग्याँस डिपोलाई ग्यास उपलब्ध नगराएपछि आज पनि उपभोक्तालाई ग्याँस उपलब्ध गराउन नसकेको काठमाडौंको कोटेश्वर स्थित एक ग्याँस डिपोका सञ्चालकले बताएका छन् । नेपाल आयल निगम…

पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिले जनजीवन प्रभावित

काठमाडौं/ नेपाल आयल निगम लि.ले गरेको पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धिले जनजीवन प्रभावित भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँगै बजारभाउ थप उकालो लाग्ने निश्चित छ । यसले विपन्न आर्थिक अवस्थाका परिवारको जीवन झन कष्टकर बनेको छ । गएको मध्यरातदेखि…

पौडेलको नेतृत्वमा ५ दलको चुनावी गठबन्धन कार्यदल गठन,गठबन्धनको विषयमा कांग्रेस भित्र मतभेद

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका लागि मंगलबार बालुवाटारमा बसेको ५ दलीय सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा…

चुनावमा एमाले एक्लै लड्छ, कसैसँग गठबन्धन गर्दैन : ओली

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा एमाले आफै बलियो शक्ति भएकोले स्थानीय तहको चुनावमा यसले कसैसँग गठबन्धन गर्दैन, यो एक्लै लडेर चुनाव जित्न सक्षम छ,’ भन्दै आउनु भएको छ । उहाँले ‘एमाले बलियो शक्ति भएकोले योसँग एक्लै…

५ दलीय गठबन्धन स्थानीय तहसम्मै

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेपाली कांग्रेस, नेकपा (माके) , नेकपा (एस), जसपा र राजमोको सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहसम्म गठबन्धन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ । यसै क्रममा चितवनमा ५ दलीय…

कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै गतिमा

काठमाडौं/ कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रले बिस्तारै गति लिन थालेको देखिएको छ । कोरोना महामारी कम हुन थालेसँगै घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुदै जान थालेकोले यो क्षेत्र पुरानै लयमा फर्किएला कि भन्ने आशा पलाउन थालेको पर्यटन…

पेट्रोलियम पदार्थको कृतिम अभाव र कालाबजारीले यातायातका साधन सञ्चालनमा समस्या

काठमाडौं/ बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव र कालाबजारी देखिएको छ । जसले गर्दा यातायातका साधनहरु सञ्चालनमा समस्या उत्पन्न भएको छ । धेरैजसो पम्पहरुबाट पेट्रोल र डिजेल नपाउदा यातायातका साधनहरुमा मारमा परेका छन् । थोरै पम्पहरुबाट मात्रै पेट्रोल र डिजेल बिक्री…

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा ५० जनाको लावालस्कर सहित आज दिउसो तीन दिने भारत भ्रमणमा जानु भएको छ । उहाँको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएको थियो । प्रधानमन्त्री देउवाले आजै भारतीय विदेश मन्त्री एस. जयशंकर लगायतसँग भेटघाट गर्ने…

ग्याँस डिलरहरुको आन्दोलनले उपभोक्ता मारमा

काठमाडौं/ ग्याँस उद्योगबाट आफूले पाउनु पर्ने सेवा शुल्क नपाएको भन्दै त्यसको विरोधमा ग्याँस डिलरहरुहरूले गरेको आन्दोलनले बजार प्रभावित भएको छ । उनीहरुले हिजोबाट ग्याँस डिपोहरुलाई ग्याँस आपूर्ति गर्न बन्द गरेको ग्याँस डिपोहरुले जनाएका छन् , जसले गर्दा ग्याँस डिपोहरुमा ग्याँस…