Category समाचार

काठमाडौं उपत्यकाबासीको धारामा मेलम्चीको पानी !

काठमाडौं / मेलम्ची खानेपानी आयोजनाले केही दिनयता मेलम्चीको खानेपानी काठमाडौं उपत्यकाबासीको घरको धारामा परीक्षणका लागि छोडेको जनाएको छ । ‘गत आइतबारदेखि दिउसो डेड घण्टा जति समय आफ्नो घरको धारामा मेलम्चीको पानी आउन थालेको छ रोओऔ पानी राम्रै छ’, काठमाडौंको कोटेश्वर…

बुद्ध सर्किट बनाउनु पर्ने प्रधानमन्त्री देउवाको बिमष्टेक सम्मेलनमा प्रस्ताव

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धको जन्मस्थल लुम्विनी, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान गया , गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञान बढ्न शुरु गरेको स्थान सारनाथ र गौतम बुद्धको निधन भएको स्थान कुशीनगरलाई बुद्ध सर्किट बनाएर नेपाल र भारत…

पत्रकारितामा हिरो रविन्द्र मिश्र राजनीतिमा बिचरा

ललितपुर / आफ्नो कर्मले पत्रकारिता जगतमा उचाई बनाएर हिरो बनेका रविन्द्र मिश्र राजनीतिमा भने जिरो देखिएका छन् । वीवीसी नेपाली सेवाको जागीर छाडेर आफ्नो नेतृत्वमा साझा पार्टी निर्माण गरी नेपाली राजनीतिमा छिरेका मिश्रलाई नेपाली राजनीतिमा कतिपय मानिसहरुले आशाको नजरले हेरेका…

नेपाली कांग्रेसको पानीट्याङ्की टोल कार्य समिति गठन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन भएको छ । यस भेगका प्रभावशाली समाजसेवी, राजनीतिक विश्लेषक तथा शिक्षाविद श्रीप्रलाद सिल्वालको अध्यक्षतामा गठन भएको टोल कार्य समितिको…

सू.न.पा. वडा नं.४ भित्र नेकपा (एमाले)का २१ वटा टोल कमिटी गठन

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ भित्र नेकपा (एमाले) का २१ वटा टोल कमिटी गठन भएको जानकारी प्राप्त भएको छ । सोही पार्टीका सूर्यविनायक नगर कमिटीका सदस्य तथा त्यसै वडा कमिटीका इञ्चार्ज विदुर खड्काले अलगपथसँग कुरा गर्दै पूर्व मन्त्री तथा…

चिनीया विदेश मन्त्री वाङ यी को भ्रमण हुन सकेन नेपालका लागि उपलब्धीमुलक

काठमाडौं/ पाकिस्तान, अफगानस्थान र भारत हुदै गत शुक्रबारदेखि ३ दिने नेपाल भ्रमण गरी आइतबार दिउसो स्वदेश फर्किएका चिनीया विदेश मन्त्री वाङ यी को नेपाल भ्रमण नेपालका लागि खासै उपलब्धीमुलक हुन नसकेको कतिपय जानकारहरुको भनाई छ । नेपाल र चीनका परराष्टृ…

विप्लव नेतृत्वको नेकपाको चुनावमा भाग नलिने र बहिस्कार पनि नगर्ने नीति

बुटवल / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने र सो चुनाव बहिस्कार पनि नगर्ने नीति लिएको जानकारी प्राप्त भएको छ । यही चैत ६ गतेदेखि कपिलवस्तु शिवपुरमा जारी सो पार्टीको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले चुनावमा…

चिनीया विदेश मन्त्री वाङ यी एमसीसीबारे मौन, अघि बढेन बीआरआई

काठमाडौं/ चिनीया विदेश मन्त्री वाङ यी एक महिना अगाडि संसदबाट पारित भएको एमसीसी सम्झौता बारे मौन देखिनु भएको छ । नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा.नारायण खड्काले एमसीसी सम्झौता विशुद्ध आर्थिक परियोजना भएकोले यसबाट चीनलाई अशर पुग्ने गरी कुनै कृयाकलाप नहुने…

महङ्गी र कालाबजारी नियन्त्रण गर्न नेकपा, बागमती प्रदेश समितिको माग

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिले आकाशिएको महङ्गी , दैनिक उपभोग्य बस्तुमा बढिरहेको कालाबजारी र कृतिम अभाल नियन्त्रण गरी जनजीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । शनिबार ललितपुरको लगनखेलमा बसेको सो समितिको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी…

‘सङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु’ सार्वजनिक

काठमाडौं/ डा.उत्तम खनाल र सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलद्वारा लिखित ‘संङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु‘ नामक पुस्तक बजारमा आएको छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०७८ को अवसरमा सो पुस्तकको अर्थ मन्त्री जनार्दन शर्मा…