आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पर्वतको पूजा गरियो, नेवार समुदाय म्ह: पुजा गर्दै , मुडुला कार्कीले यो वर्ष पनि गरेनन् गाई गोरू पुजा

काठमाडौं/ तिहारको चौथो दिन आज हिन्दु धर्मावलम्वीहरुले गाई, गोरु र गोवर्द्धन पर्वतको पुजा गरेका छन् । गाई तिहारे औंशीको दिन गाईको र प्रतिपदाको दिन गोरु र गोवर्द्धन पर्वतको पुजा गर्ने चलन भएपनि यस वर्ष तिथि एकै दिन परेकाले गाई, गोरु र गोवर्द्धन पुजा गर्नु परेको ज्योतिष पं. विष्णुप्रसाद तिमिल्सिना ‘विमल’ को भनाई छ । आजबाट एकादशीसम्म देउसी खेल्ने चलन धेरै ठाउँमा चलेको देखिन्छ ।

यता नेवार समुदायले भने आज म्ह: पुजा गर्दैछन् । निरोगी हुने सकियो भने मात्रै सोचेको काम गर्न सकिन्छ भनेर आफूले आफ्नो शरीरको पुजा गर्ने गरेको नेवार समुदायको भनाई छ ।

उता हिन्दु धर्म नै माने पनि मुडुला कार्कीहरुले भने यस वर्ष पनि गाई, गोरु र गोवर्द्धन पर्वतको पुजा गरेको देखिएन । मुडुला कार्कीले तिहारमा गाई गोरुको पुजा गरेमा गाई गोरू रुख चढ्छन् भन्ने बिशृवास रहेको पाइन्छ । त्यही भएर मुडुला कार्कीहरुको घरमा न तिहारमा गाई गोरू र गोवर्द्धन पुजा गरेको नै पाइन्छ ,न आफ्नो घर आँगनमा मठ बनाएर तुलशी नै रोप्छन् । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्की भने मुडुला कार्की भने- तिहारमा गाई गोरूको पुजा ठृयाक्कै यही कारणले गर्दैनन् भन्ने त म भन्न सक्तिन तर सबै तिरका मुडुला कार्कीहरु खस साम्राज्य कालका कागरिक (सेनापति या कर अधिकृत ) साउना कार्कीका सन्तान हुन् । वि.सं.१३२० देखि वि.सं.१३३५ को बीचमा साउना कार्की र साउल्या कर्क्यानीले हालको दैलेखको दुल्लुमा त्यसबेलाका राजा अशोक चल्लको नाममा बुद्धको प्रतिमा भएको देवल बनाएको विद्वान योगी नरहरि नाथको भनाई छ । यसबाट मष्ट पुजक मुडुला कार्कीहरुमा बौद्ध धर्मको प्रभाव परेको हुन सक्छ । त्यही कारणले उनीहरुले आफू हिन्दु हुँदाहुँदै पनि तिहारमा गाई गोरु र गोवर्द्धन पर्व को पुजा नगर्ने र आफ्नो घर आँगनमा मठ बनाएर तुलशी नरोप्ने गरेका हुन् कि भन्ने लागेको बताउनुहुन्छ ।

Leave a Reply