त्रि.वि.,चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा परीक्षा शुल्क निर्धारण, शुल्क निर्धारणप्रति विद्यार्थीहरु असन्तुष्ट

काठमाडौं / त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानले आफू मातहतका मेडिकल कलेजहरुले सञ्चालन गर्ने परीक्षा शुल्क निर्धारण गरेको जनाएको छ । सो शुल्क काठमाडौं विश्वविद्यालय सहित मेडिकल विषय पढाई हुने अन्य विश्वविद्यालयको शुल्कलाई आधार मानेर निर्धारण गरिएको उक्त अध्ययन संस्थानकी डीन प्रा.डा. दिव्या सिंह शाहको भनाई छ ।

यता उक्त शुल्क निर्धारणप्रति सम्बन्धित विषयका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुको भनाई छ -‘कुनै बैज्ञानिक आधार बिना २,५०० को शुल्क ९,००० पुर्याउनु गैरजिम्मेवार ,अव्यवहारिक र खेदजनक छ। विद्यार्थी लुट्ने र माफिया पोस्ने यो लुटाहा र माफियामुखी निर्णय तत्काल खारेज गर्न चिकित्सा शिक्षा अध्ययन संस्थान, डिनको कार्यलयसँगै सम्बन्धित निकाय समक्ष हामी चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरु माग गर्दछौं ।’

यसैगरी अखिल नेपाल विद्याथी यूनियनका अध्यक्ष मनिष भट्टराईले त्रि.वि., चिकित्सा शिक्षा अध्ययन संस्थानले सो शुल्क निर्धारणको निर्णय खारेज नगरे विद्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *