भैरहवा / रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ मा मुख्य कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय सहित सम्पर्क कार्यालयहरु २०७८ जेठ ३० गतेबाट दैनिक ५ घण्टा सञ्चालन शुरु भएको छ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सो संस्थाका कार्यालयहरु खुल्न थालेको जनाइएको छ । उक्त संस्थाको मूख्य कार्यालयको अतिरिक्त रुपन्देहीको रोहिणी गाउँपालिका- ३, धकधई र मायादेवी गाउँपालिका-६ , बेथरीमा सम्पर्क कार्यालय सञ्चालनमा छन् ।
