१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले कार्तिक ३० गते बिश्वासको मत लिने

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउदो कार्तिक ३० गते १ नं. प्रदेश सभाबाट बिश्वासको मत लिनु हुने भएको छ । १ नं. प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आउदो कार्तिक ३० गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले बिश्वासको मत लिने कार्यसुची तय भएको जनाएको छ ।

प्रदेश सभाबाट बिश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद बिस्तार गर्ने मुख्यमन्त्री राईको योजना रहेको बताइएको छ । हाल १ नं. प्रदेशमा मुख्यमन्त्री राई सहित आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो , भौतिक पुर्वाधार मन्त्री हिमाल कार्की, सामाजिक विकास मन्त्री जयराम यादब र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे कार्यरत हुनुहुन्छ भने मुख्यमन्त्री राई नेतृत्वको मन्त्रीपरिषदले पूर्ववर्ती भीम आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति लगायतका निर्णय रद्ध गरेको छ ।

अरुले पनि सिक्ने गरी फरक मोडलको विकास निर्माण कार्य गर्ने बताउदै आएका मुख्यमन्त्री राईले आफ्नै पालामा १ नं. प्रदेशको नामाकरण टुङ्गो लाग्ने दाबी गर्नु भएको छ ।

……………………………………………………….

२०७८ सालको बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत ११४२ को नव वर्षको पावन अवसरमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोतर प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

चन्द्रकृष्ण प्रजापति , अध्यक्ष

तथा

थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *