चक्कामा आगो लागेको टर्किस एयरको जहाजमा सवार यात्रु सुरक्षित

आज विहान टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किर्स एयरलाइन्सको टीके ७२६ कलसाइन भएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो जहाजको चक्कामा आगो लागेपनि उक्त जहाजमा सवार चालक दलका सदस्य र यात्रुह रु सुरक्षित रहेको जनाइएको छ । जहाजको चक्कामा आगो लागेको देखिएपछि तत्कालै दमकलले आगो निभाएर जहाजमा सवार चालक दलका सदस्य र यात्रुहरुको आपतकालीन उद्दार गरिएको बताइएको छ । जहाजको चक्कामा आगो लाग्नुको कारण भने खुलेको छैन । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय जहाज उडान र अवतरण रोकिएको थियो । सो जहाजमा ४ बालकसहित २७७ जना यात्रु र ११ जना चालक दलका सदस्यहरु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *