Category राजनीति

बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्नेछ : शर्मा

काठमाडौं/ नेपाली कांग्रेस (वी.पी.)का बरिष्ठ उप-सभापति गोविन्दप्रसाद शर्माले ‘अब छिट्टै बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्ने छ र यसको यसको तयारी भइरहेको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले देशका ६० भन्दा बढी जिल्लामा संगठन बिस्तार…

एमाले र कांग्रेसले जिते ३/३ उप-महानगरपालिकाको प्रमुख

काठमाडौं/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका ११ वटै उप-महानगरपालिकाको नतिजा घोषणा भइसकेको छ । यसमध्ये नेकपा (एमाले) , नेपाली कांग्रेसले ३/३ , नेकपा (माके) र नेकपा (एस) १/१ र ३ स्वतन्त्र उम्मेद्वारले उप-महानगरपालिका प्रमुख जितेका…

अधिकांश स्थानीय तहका जनप्रतिनिधिद्वारा पदभार ग्रहण,चुनावमा गरेका बाचा पूरा गर्न मतदाताको आग्रह

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न निर्वाचनको अधिकांश पालिकाको चुनावी नतिजा घोषणा भइसकेको छ । नतिजा घोषणा भएका पालिकाहरुका नवनिर्वाचित सबैजसो जनप्रतिनिधिहरुले आईतबारसम्ममा पदभार ग्रहण गरेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र बनेपा नगरपालिकामा भने नवनिर्वाचित केही जनप्रतिनिधिले समयमा खबर नभएको…

हेटौंडा उप-महानगरपालिकाको पहिलो महिला प्रमुख मीना, ६ पालिकाका प्रमुख र उप-प्रमुखमा पुरुष

हेटौंडा/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उप-महानगरपालिको प्रमुखमा नेकपा (एस)की मीनाकुमारी लामा विजयी हुनुभयो । देशभरका ११ वटा उप-महानगरपालिका मध्येमा महिलाको तर्फबाट उप-महानगरपालिकाको प्रमुख बन्ने लामा एक्लो महिला हुनुहुन्छ । उक्त उप-महानगरपालिकाकी नि:बर्तमान उप-मेयर समेत रहेकी…

भक्तपुरको चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाको प्रमुख र उप-प्रमुख पुरुष

भक्तपुर/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा नगरपालिका रहेको भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको प्रमुख र उप-प्रमुख दुबै पदमा पुरुष उम्मेद्वार विजयी भएका छन् । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री र…

सांसद राजेन्द्र गौतमको वडामा कार्की प्यानलद्वारा एमालेलाई झड्का

चैनपुर/ नेकपा (एमाले)का सांसद राजेन्द्र गौतमको घर भएको संखुवासभाको चैनपुर नगरपालिका वडा नं.७ मा नेकपा (एमाले)लाई झड्का लागेको छ । यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा चैनपुर नगरपालिकाको मेयरमा कृष्णकुमार तामाङ , उप-मेयरमा एलिना श्रेष्ठ सहित वडा नं.१,२,३,४,५ र ६…

मदन-आश्रितको हत्या भएको २९ वर्ष पूरा, भएन दोषी माथि कारवाही

काठमाडौं / २०५० साल जेठ ३ गते साँझ पोखराबाट भरतपुरतर्फ जादै गर्दा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा त्रिसुली नदीमा जीप दुर्घटनामा परी रहस्मय ढंगबाट मृत्यु भएको २९ वर्ष पूरा भएको छ…

स्थानीय तहको निर्वाचनको पार्टी भित्र समिक्षा गरिने छ : नेकपा (एस)का अध्यक्ष नेपाल

काठमाडौं/ नेकपा (एस)का अध्यक्ष माधबकुमार नेपालले आफृनो पार्टीले आसन्न स्थानीय तहको निर्वाचन र गठबन्धनको बारेमा पार्टी भित्र समिक्षा गरी काम गर्दा पार्टी भित्रका कमिकमजोरी देखिएमा त्यसलाई सच्याउदै अगाडि बढ्ने बताउनुभएको छ । २९औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आज सो पार्टीले…

आजबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुने

काठमाडौं/ आजबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुदै छ । नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे बस्ने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको छ । आज अपरान्ह ४ बजे बस्ने संघीय संसदको…

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउने , अपर कर्णाली र पश्चिम सेती परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा २५६६औं बुद्धजयन्तीको अवसरमा आज ६ घण्टाका लागि लुम्बिनी आउदै हुनुहुन्छ । शान्तिका अग्रदूत गौतम बुद्धको निधन भएको स्थान भारतको कुशिनगरबाट भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरमा उनै बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम रहेको जनाइएको छ । उहाँले…