Category राजनीति

एमाले अनुशासन आयोगले ग-यो नेता घनश्याम भुसाल माथि कारबाहीको सिफारिस

काठमाडौं/ नेकपा (एमाले)को अनुशासन आयोगले सोही पार्टीका स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल माथि पार्टी अनुशासन उलंघन गरेको ठहर गरी कारबाहीको सिफारिस गरेको जनाएको छ । विशेषत: हालै काठमाडौंबाट प्रशारण हुदै आएको हिमाल टेलिभिजनको एक कार्यक्रममा नेता भुसालले व्यक्त…

झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ नेकपा प्रवेश

दमक/ झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले स्वागत गर्नुभयो । त्यस अवसरमा अध्यक्ष कट्टेलले नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा कालिदास श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश…

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिहरुद्वारा सपथ ग्रहण

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । भृकुटी मण्डपमा आयोजित कार्मक्रममा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई पद तथा गोपनीयताको सपथ…

नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा ,आधारभूत तहमा हुन सकेन परिवर्तन

काठमाडौं/ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजबाट १४ वर्ष पूरा भएको छ । सरकारले १४औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ,…

अखिल हुदै वाम राजनीतिमा लागेका धनराज पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित

पोखरा/ अन्तत: अखिल हुदै वाम राजनीतिमा प्रवेश गरेका सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)का मेयर उम्मेद्वार धनराज आचार्यले आफ्ना पूर्व सहकर्मी समेत रहेका नेकपा (एमाले)का उम्मेद्वार कृष्णबहादुर थापालाई पराजित गरी पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । फुल रोपेर मेयरको पदीय जिम्मेवारी…

बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्नेछ : शर्मा

काठमाडौं/ नेपाली कांग्रेस (वी.पी.)का बरिष्ठ उप-सभापति गोविन्दप्रसाद शर्माले ‘अब छिट्टै बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्ने छ र यसको यसको तयारी भइरहेको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले देशका ६० भन्दा बढी जिल्लामा संगठन बिस्तार…

एमाले र कांग्रेसले जिते ३/३ उप-महानगरपालिकाको प्रमुख

काठमाडौं/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका ११ वटै उप-महानगरपालिकाको नतिजा घोषणा भइसकेको छ । यसमध्ये नेकपा (एमाले) , नेपाली कांग्रेसले ३/३ , नेकपा (माके) र नेकपा (एस) १/१ र ३ स्वतन्त्र उम्मेद्वारले उप-महानगरपालिका प्रमुख जितेका…

अधिकांश स्थानीय तहका जनप्रतिनिधिद्वारा पदभार ग्रहण,चुनावमा गरेका बाचा पूरा गर्न मतदाताको आग्रह

काठमाडौं/ यही बैशाख ३० गते सम्पन्न निर्वाचनको अधिकांश पालिकाको चुनावी नतिजा घोषणा भइसकेको छ । नतिजा घोषणा भएका पालिकाहरुका नवनिर्वाचित सबैजसो जनप्रतिनिधिहरुले आईतबारसम्ममा पदभार ग्रहण गरेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र बनेपा नगरपालिकामा भने नवनिर्वाचित केही जनप्रतिनिधिले समयमा खबर नभएको…

हेटौंडा उप-महानगरपालिकाको पहिलो महिला प्रमुख मीना, ६ पालिकाका प्रमुख र उप-प्रमुखमा पुरुष

हेटौंडा/ यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उप-महानगरपालिको प्रमुखमा नेकपा (एस)की मीनाकुमारी लामा विजयी हुनुभयो । देशभरका ११ वटा उप-महानगरपालिका मध्येमा महिलाको तर्फबाट उप-महानगरपालिकाको प्रमुख बन्ने लामा एक्लो महिला हुनुहुन्छ । उक्त उप-महानगरपालिकाकी नि:बर्तमान उप-मेयर समेत रहेकी…

भक्तपुरको चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाको प्रमुख र उप-प्रमुख पुरुष

भक्तपुर/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा नगरपालिका रहेको भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको प्रमुख र उप-प्रमुख दुबै पदमा पुरुष उम्मेद्वार विजयी भएका छन् । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री र…