Category राजनीति

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनलाई पन्छाउदै स्थापात र सिंह

काठमाडौं/ शुक्रबार सम्पन्न काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार ३१ वर्षीय बालेन्द्र (बालेन) शाह ३,११० मतका साथ अगाडि बढिरहनु भएको छ भने उहाँलाई नेकपा (एमाले)का केशव स्थापितले २,६४५ र ५ दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १,६०२ मत…

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गर्न मतदान हुदै

काठमाडौं/ आगामी ५ वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित गर्न आज बिहानबाट मतदान शुरु भएको छ ‌। ६ वटा महानगरपालिका, ११ वटा उप-महानगरपालिका , २७५ वटा नगरपालिका र ४६० वटा गाउँपालिकाका ,३५,२०० भन्दा बढी जनप्रतिनिधि छनौटका लागि यतिबेला निर्वाचन हुदैछ…

एमाले सचिव योगेश भट्टराईद्वारा ताप्लेजुङका विमल कार्कीका हत्यारालाई कार्बाही गर्न माग

काठमाडौं/ नेकपा (एमाले)का सचिव तथा पूर्व मन्त्री योगेश भटृटराईले आफ्नो पार्टीका कार्यकर्ता विमल कार्कीको राजनीतिक पूर्वाग्रहबाट अपहरण गरी हत्या गरेको भन्दै त्यसको घोर विरोध गरी हत्यारालाई गिरफ्तार गरी कानुनी कार्बाही गर्न माग गर्नुभएको छ । उहाँले आज फेसबुकमा गरेको पोष्टमा…

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं/ पोखराको कार्यक्रममा सहभागी भई नेपालगञ्जतर्फ जाँदै गर्दा आज बिहान ४:०० बजे दाङको भालुबाङमा प्रहरीले नियन्त्रणमा लिएका नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला सहयोगी अचल मोक्तान र राजेन्द्र साउदसँगै ६ घण्टापछि रिहा हुनुभयो । बुटवलमा बुधबार भएको बम बिस्पोटनमा सम्लग्न भएको…

दमकमा एमालेका वडा सदस्य उम्मेद्वार तामाङको राप्रपा– कांग्रेस- माके गठबन्धनलाई साथ

दमक/ स्थानीय तह निर्वाचनको मुखमा झापाको दमक नगरपालिका वडा नं.७ का नेकपा (एमाले)का वडा सदस्य पदका उम्मेद्वार गुमानसिंह तामाङ ‘भापुङ’ले आफ्नो उम्मेद्वारी फिर्ता लिई राप्रपा- नेपाली कांग्रेस- नेकपा (माके) गठबन्धनलाई साथ दिने घोषणा गर्नु भएको छ । आज प्रेस विज्ञप्ति…

यो चुनावबाट समस्याको समस्याहरु हुदैन : नेकपा अध्यक्ष कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको संसदीय व्यवस्था अन्तर्गतको यो स्थानीय तहको चुनावबाट मुलुकको समस्या समाधान नहुने ठहर गरी नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको चुनावमा भाग नलिएको बताउनुभएको छ । अलगपथसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष कट्टेलले नेपालमा संसदीय…

चुनाव प्रचारको अन्तिम दिन आज ,उम्मेद्वारहरु मत माग्न व्यस्त

काठमाडौं/ आउदो जेठ ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रसार प्रसार गर्ने आज अन्तिम दिन भएकोले उम्मेद्वारहरु मतदाता समक्ष मत माग्न व्यस्त छन् । आज भरे मध्यरातबाट मौन अवधि शुरु हुने भएकोले आज विहानैदेखि उम्मेद्वारहरु मत मागिरहेका…

राष्ट्रपति भण्डारीद्वारा जेठ ३ गते संसदको बजेट अधिबेशन आह्वान

काठमाडौं/ मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउदो जेठ ३ गतेका लागि आइतबार संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा २ वटा अध्यदेश पनि जारी गर्नु भएको जनाइएको छ ।…

विप्लव नेतृत्वको नेकपाबाट लोहनी र चलाउने आउट !

काठमाडौं/ विप्लव नेतृत्वको नेकपाले आफ्ना २ जना केन्द्रीय सदस्यलाई निष्काशन गरेको जनाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले चुनावलाई उपयोग गर्ने पार्टीको नीति विरुद्ध अफवाह फैलाएको भन्दै आफ्ना केन्द्रीय सदस्यद्वय गुणराज लोहनी र दीपक चलाउनेलाई निलम्वन गरेको सोही पार्टीका…

नेकपाको महासचिवबाट विप्लव आउट, संयोजकमा बास्तोला

चितवन/ चितवनको पर्सामा आजदेखि शुरु भएको विप्लव नेतृत्वको नेकपाको असन्तुष्ट समूहको भेलाले पार्टीको केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगरेको , केन्द्रीय समितिको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा पार्टीका नेता कार्यकर्तालाई उम्मेद्वार बनाएको , राष्ट्रघाती एमसीसीका पक्षधर दलहरुसँग चुनावमा तालमेल गरेको लगायतका…