काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सीपमूलक तालिम (प्लम्बिङ, ए.सी., इलेक्ट्रिक ,अटोमोबाइल तथा वासिङ मेसिन ) को लागि सोही नगरपालिकामा बसोबास गर्दै आएका १६ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई २०७८ माघ १८ गतेभित्र रोजेको कुनै एक तालिम शीर्षकमा सहभागिता जनाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । उक्त नगरपालिकाका वडा अध्यक्षहरु सहित बुधबार बसेको बैठकले एक वडा कार्यालयले एक तालिम शीर्षकमा बढीमा ३ जनासम्मलाई पठाउन सक्ने निर्णय गरेको त्यसै नगरपालिकाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
