Avatar photo

Arjun Karki

विप्लव नेतृत्वको नेकपा पनि स्थानीय तहको चुनावमा

काठमाडौं/ पार्टी भित्र तीव्र विरोध हुदाहुदैपनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विप्लव नेतृत्वको नेकपाले पनि भाग लिएको छ । सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकोले उसका नेता कार्यकर्ताहरुले विभिन्न पालिकाहरुमा मेयर , उपमेयर लगायतका पदमा स्वतन्त्र उम्मेद्वारी…

देशभरका पालिकाहरुका उम्मेद्वार बिरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यही बैशाख १२ र १२ गते देशभर पालिकाहरुका बिभिन्न पदमा ८२,२१० जनाले उम्मेद्वारी मनोनयन भएको र ती उम्मेद्वार उपर आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । देशभरका ६…

आयाम साकोसको कार्यालय परिसरमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर/ ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.तथा ललितपुरकै तिखेदेवलमा रहेको सामुदायिक प्रहरी केन्द्रको संयुक्त आयोजनामा खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भयो । यही शनिबार ताल्छिखेलस्थित आयाम बचत तथा ऋण…

आज पनि स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन हुदै

काठमाडौं/ निर्वाचन आयोगको स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज पनि देशैभरका पालिकाहरुका विभिन्न पदमा उम्मेद्वारी मनोनयन हुदैछ । उम्मेद्वारी मनोनयनको चाप कम होस् भनेर यस पटक निर्वाचन आयोगले हिजो र आज दुई दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वार…

लोकतन्त्र स्थापना भएको १६ वर्ष बित्तापनि आर्थिक विपन्न परिवारको सास्ती उस्तै

काठमाडौं/ नेपालमा ७ राजनीतिक दल र नेकपा (माओवादी) को नेतृत्वमा २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलन सम्पन्न भएको १६ वर्ष पूरा भएको छ । यो बीचमा नेपालमा राजतन्त्र तथा एकात्मक र केन्द्रिकृत शासकीय संरचना अन्त भई गणतन्त्र, संघीयता र समावेशी/समानुपातिक प्रतिनिधित्व र…

मेलम्चीको पानी काठमाडौं उपत्यकामा

काठमाडौं/ मेलम्ची खानेपानी आयोजनाले आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रका धाराहरुमा पठाएको छ । सो आयोजनाले यस अघि सफलतापूर्वक परीक्षण गरेको मेलम्चीको १७ लाख लीटर पानी काठमाडौंका खानेपानीका धारामा थप हुने भएकोले यसबाट काठमाडौं उपत्यका भित्रको खानेपानीको अभाव पूरै समाधान…

विदेशी पर्यटक भित्रिने क्रम बढेसँग पर्यटन क्षेत्रमा पलायो आशा

काठमाडौं/ विदेशी पर्यटक आउने क्रम बढेसँगै नेपालको पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ । सन् २०२२ प्रवेशसँगै नेपालमा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको र पछिल्लो समय दैनिक २ हजारदेखि २५/२६ सयको अनुपातमा विदेशी पर्यटक नेपाल आइरहेका पर्यटन बोर्डले जनाएको…

एमालेले छान्यो पाँच वटा महानगरपालिकाको मेयरको उम्मेद्वार

काठमाडौं/ नेकपा (एमाले)ले विराटनगर बाहेकका ५ वटा महानगरपालिकाका मेयर पदको उम्मेद्वार छनौट गरेको जनाएको छ । आज दिउसो अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप- मेयरमा सुनिता डंगोल ,…

स्थानीय तह निर्वाचनका लागि दलहरुमा उम्मेद्वार छनौटको चटारो

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति जतिजति नजिकिदै छ , त्यति नै दलहरुलाई पालिकामा मनोनयन गर्नु पर्ने मेयर , उप-मेयर ,वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वार छनौट गर्ने चटारो देखिएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार यही बैशाख…

अप्रिल २२ र सेप्टेम्वर १५ नेकपा स्थापनाका ऐतिहासिक दिन हुन् : अध्यक्ष कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अप्रिल २२ र सेप्टेम्बर १५ तारेख नेपाल कम्युनिष्ट पार्टी स्थापनाको महत्वपूर्ण ऐतिहासिक दिन भएको बताउनु भएको छ । विश्व कम्युनिष्ट आन्दोलनका महान नेता तथा बिघटित सोभियत संघका सुत्रधार भी.आई. लेनिनको १५२औं जन्मजयन्तीको अवसरमा…