Avatar photo

Arjun Karki

बरिष्ठ गायिका लता मंगेसकरको निधनमा कलाकार र कलाप्रेमीहरुले गरे शोक प्रकट

काठमाडौं/ बरिष्ठ गायिका लता मंगेसकरले ९२ वर्षको उमेरमा फेब्रुअरी ६ तारेख आइतबार विहान ८:१२ बजे क्याण्डी अस्पताल मूम्बईमा अन्तिम पटक श्वास फेरेको समाचार सार्वजनिक भएसँगै उहाँले गाएका गीत संगीत सुनेका कलाकार तथा कलाप्रेमीहरु दु:खी भए र उनीहरुले उहाँप्रति शोक व्यक्त…

नेपाल सहकारी बैंक लि. दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक

काठमाडौं/ प्रस्ताबित नेपाल सहकारी बैंक लि.दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको जानकारी प्राप्त भएको छ । प्रस्तावित नेपाल सहकारी बैंक लि. को सञ्चालक समितिले सो बैंक दर्ताका लागि आइतबार नेपाल राष्ट्र बैंक समक्ष आवश्यक कागजात बुझाएको थियो । उक्त…

गए रातीदेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयद्वारा पुन: १८ बुँदे आदेश जारी, फागुन १ गतेदेखि विद्यालय र कलेज खुल्ने

काठमाडौं / काठमाडौ उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएराती देखि लागू हुने गरी छुट्टाछुट्टै आदेश जारी गरेका छन् । जस अनुसार आउदो फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर काठमाडौं उपत्यका भित्र पनि विद्यालय र…

६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा एमसीसी सम्झौताको बिरोध कार्यक्रम घोषणा

काठमाडौं/ शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता संसदबाट पारित गराउन प्रयत्न गरिरहेको भन्दै त्यसको बिरोधमा संघर्ष गर्दै आएका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले बिरोध कार्यक्रम घोषणा गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीको कार्यालय, बुद्धनगरमा बसेको संयुक्त…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिदै

काठमाडौ/ चन्द्र पात्रो अनुसार आज श्रीपञ्चमी तिथि । आज विशेष गरी शिक्षा तथा कला क्षेत्रमा कार्यरत व्यक्तिहरुले विद्याकी देवी सरस्वतीको पुजा आरधना गरिरहेका छन् । परम्परा अनुसार बिहान सबेरै नुहाईधुवाई गरी सफा सुग्घर भएर उनीहरुले सरस्वतीको पुजा आरधना गरिरहेको देखिएको…

टोखा र ग्रीनल्याण्डमा खुले बजाजका नयाँ सर्भिस सेन्टर

काठमाडौं / नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. अन्तर्गत बिगत १५ बर्षदेखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा.लि.ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर काठमाडौंको टोखा र ग्रीनल्याण्डमा खोलेको छ । उसले नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल स्वरुम (showroom) तथा सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ…

काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा जारी झरीले बढ्यो चिसो

काठमाडौं/ काठमाडौं उपत्यका सहितका विभिन्न स्थानमा परिरहेको झरीले चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले परिरहेको झरीका कारण चन्द्रागिरी लगायतका विभिन्न स्थानमा हिमपात भएको देखिएको छ । जसका कारण जाडो निकै बढेको छ । पश्चिमी वायुको प्रभावले परेको झरीसँगै…