Avatar photo

Arjun Karki

सार्वजनिक शौचालयमा दिशा पिशाव गर्दा शुल्क नलिन काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्चलानमा रहेका शार्वजनिक शौचालयमा दिशा पिशाव गर्नेसँग शुल्क नलिन शार्वजनिक शोचालयका सञ्चालक तथा व्यवस्थापकलाइ अनुरोध गरेको छ । काठमाडौं महानगरपालिकाले आज जारी गरेको सूचनामा शार्वजनिक शौचालयमा दिशा पिसाव गरेकासँग शुल्क लिए कडा कारबाही गर्ने उल्लेख छ…

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएन : नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले “अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित खालको देखिन्छ र नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएका छन् तर सार्वजनिक गरिएको बजेटले विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भने…

नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ केही छैन (भिडियो)

नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ कार्यक्रम नआएको सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले बताउनुभएको छ । आज अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले सहकारीमा समस्या आउनुमा सरकार द‍ोषी रहेको विचार व्यक्त गर्नुभयो । सहकारीका समस्याको बारेमा अध्ययन गर्न…

कैलाश सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने प्र.जि.अ. र शाखा अधिकृतलाई पक्राउ पूर्जी

२०५७ असोज २८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नेपाली नागरिकताको प्रतिलिप दिने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशीराज दाहाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय,धनुषाले प्रक्राउ पूर्जी दिएको बताइएको छ । यो नागरिकता…

ललितपुर जिल्ला बचत संघले जेष्ठ १८ र १९ गते ‘साकोस कोषाध्यक्ष गोष्ठी -२०८१’ आय‍ोजना गर्ने

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सहकारी संस्थाको संस्थागत विकासका लागि आवश्यक विषयहरुलाई समेटेर काभ्रेपलाञ्चोक जिल्ला सदरमुकाम धुलिखेलस्थित मिरावेल रिर्सोट एण्ड होटेलमा यही जेष्ठ १८ र १९ गते २ दिवसीय आवासीय साकोस कोषाध्यक्ष गोष्ठी २०८१ हुने…

७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसक‍ो अवसरमा आज काठमाडौंमा प्रभातफेरी सम्पन्न

७१औं सगरमाथा दिवसको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ठमेलस्थित सञ्चयक‍ोष भवनछेउबाट नेपाल पर्वतारोहण संंघको आयोजनामा शुरु भएको प्रभातफेरी कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर विशेष कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा पर्यटनसँग सम्बद्ध संघ/संस्था र…

अर्थ मन्त्री पुनद्वारा नेपाल सरकारको आ.व.२०८१/८२ को रु.१८ खर्व ६० अर्व ३० करोडको बजेट पेश

अर्थ मन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को रु.१८ खर्व, ६० अर्व ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । आज बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री अनन्तले पेट्रोलियम पदार्थ र कोइला…

उपचारका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लगियो

नागरिकता कीर्ते गरेक‍ो आरोपमा गत मंगलबारदेखि प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा थप जटिलता देखिएकोले उपचारका लागि आज दिउसो हेलिकप्टरमा जनकपुरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय , धनुषाले जनाएको छ । उनी उपचाररत काव्या अस्पतालले उनको…

महिला ट्राफिक प्रहरीले महिनावारी भएको ४ दिन सडकमा डिउटी गर्न नपर्ने

उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनामारी भएको ४ दिनसम्म सडक डिउटीमा नखटाउने घोषणा गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने क्रममा आज सामाजिक सञ्जाल फेसबुकमा सो विषय पोष्ट गर्दै उहाँले महिनावारी भएका महिला ट्राफिक…

आज गणतन्त्र दिवस मनाइदै

विभिन्न कार्यक्रम गरि आज गणतन्त्र दिवस मनाइदैछ । यो दिवसको अवसरमा यसै अवसरमा आज विहान काठमाडौंको खुल्लामञ्चस्थित टुंडिखेलमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेल, उप-राष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ,…