Category राजनीति

उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट उपेन्द्र यादवको राजिनामा

जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजिनामा दिनुभएको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि राजिनामा दिने मनस्थितिमा पुगेका यादवले आज बस्न लागेको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नु अगावै मन्त्री पद…

मुद्धा टुङ्गो नलाग्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदै

आफू नेतृत्वको कोशी प्रदेश सरकार निर्माण प्रक्रिया विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेकै अवस्थामा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएक‍‍ो जनाइएक‍ो छ । मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश सभाका नेकपा (एमाले)का उप-सभामुख सहित…

मधेश प्रदेशमा एमाले, माके, जनमत पार्टी र लोसपाको गठबन्धन बन्यो , जसपा, नेपाल सरकारबाट बाहिरिदै

मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माके) बाहिरिएका छन् । सरकारबाट बाहिरिएसँगै आज नेकपा (एमाले), नेकपा (माके), जनमत पार्टी र लोसपाको नयाँ गठबन्धन बनेको बताइएको छ । नयाँ गठबन्धन बनेसँगै २०७४ सालदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी…

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतको दावी , अदालत जाँदै केदार

५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा आज दावी प्रस्तुत गर्नुभएको छ । आफूलाई समर्थन गरेका नेकपा (माके) लगायतका दलले…

नव गठित जसपामा जनप्रतिनिधि जान पाउने

उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी,नेपाल छाडेकाहरुले अशोककुमार राईको नेतृत्वमा गठन गरेको जनता समाजवादी पार्टीमा २१ दिनभित्र जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि जान सक्ने भएका छन् । निर्वाचन आय‍ोग, नेपालले आज जारी गरेको…

आजबाट बागमती प्रदेशको कामकाजको भाषा नेपाल भाषा र तामाङ भाषा पनि,, बागमती प्रदेशका सरकारी कार्यालयमा बिदा

आजबाट बागमती प्रदेशमा नेपालीसँगै नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा बनेको छ । नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू भएको उपलक्ष्यमा आज बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकले आफू अन्तर्गतका सरकारी कार्यालय…

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान जारी छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान अगाडि बढिरहेक‍ो बताउनुभएको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको मधेश प्रदेश समिति र मकवानपुर जिल्ला संगठन समितिको आय‍ोजनामा हेटौडामा २०८१ बैशाख १९ गते…

गठबन्धनको बलमा इलाम क्षेत्र नं.२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी

गत शनिबार सम्पन्न इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २७,७७२ मत प्राप्त गरि विजयी भएको छन् । नेकपा (माके), विप्लव नेतृत्वको नेकपा र नेपाल परिवार दलको साथ पाएका नेकपा (एमाले)का उम्मेद्वार…

बझाङ क मा एमालेका भण्डारीको विजयले नेपाली काग्रेस भित्र निराशा ,३ जना उम्मेद्वारले मात्रै जमानत जोगाए

गत शनिबार सम्पन्न बझाङ-क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वार दमनबहादुर भण्डारी ११,६१३ मत प्राप्त गरि विजय भईसँगै नेकपा (एमाले)भित्र खुशियाली छाएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिशेकबहादुर सिंहलाई २६७ मतान्तरले पछि पारेर विजय भएका…

इलाम-२, बझाङ -क मा शान्तिपूर्ण रुपमा मतदान हुदै

प्रतिनिधि सभा सदस्य पदका लागि इलाम क्षेत्र नं.२ र सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका लागि आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । अपरान्ह ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउने छन् । मतदान शान्तिपूर्ण रुपमा…