Category राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की उम्मेद्वार विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा भएको मतदानमा नेकपा (माके), नेकपा (एमाले), नेकपा (एस) र जनता समाजवादी पार्टी , नेपालका गरि ३९ जना सांसदको मत पाएर घिमिरे राष्ट्रिय सभाको…

आज राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचन हुँदै , घिमिरे र पुडासैनी चुनावी मैदानमा

आज दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट सो सभाको उपाध्यक्ष पदको निर्वाचन हुदैछ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद विमला घिमिरे र नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनी उम्मेद्वार हुनुहुन्छ । उपाध्यक्ष पदकी उम्मेद्वार घिमिरेको प्रस्तावकमा सांसद भगवती…

बझाङ-क मा ११ दलका उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने बझाङ-क को सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका ११ दलका उम्मेद्वारलाई आज निर्वाचन आयोग, नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिशेखबहादुर सिंह , नेकपा (माके)का जनकबहादुर…

इलाम क्षेत्र नं.२ का १२ दल र ७ स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका १२ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेद्वारलाई आज निर्वाचन आयोग,नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का,…

इलाम-२ र बझाङ-क मा उप-निर्वाचनका लागि आज उम्मेद्वारी मन‍ोनयन हुदै

आउदो कैशाख १५ गते हुन लागेको रिक्त इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङको क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप- निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारी मन‍ोनयन हुने कार्यक्रम रहेको निर्वाचन आय‍‍‍ोग,…

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल आज पुन: बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको बागमती प्रदेश सभाको बैठकमा सहभागी १०८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा(एमाले)का २७, नेकपा (माके)का २१, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका १…

बागमती प्रदेश सरकारमा एमालेका थपलियाको प्रवेेेशले मुख्यमन्त्री जम्मरकट्टेललाई शान्ति

एक वर्षपछि शनिबार पुन: नेकपा (एमाले)का बागमती प्रदेश सभा दलका नेता जगन्नाथ थपलिया बागमती प्रदेश सरकारमा प्रवेश गरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शान्तिको सास फेर्नुभएको छ । एमाले नेता थपलिया बागमती प्रदेेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको…

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा पद त्याग

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पद त्याग गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदको राजीनामापत्र बुझाउनुभएको हो । दुई वर्ष अघि राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसदको ४ वर्षे कार्यकाल सकिएसँगै रिक्त…

पक्राउ परेका नेकपा (माके)का उपाध्यक्ष महरा सीआईबी कार्यालयमा

सुन तस्करी काण्डमा जोडिएको आरोपमा आज विहान प्रहरीले नेकपा (माके)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरि यति एयरलाइन्सको जहाजमा भैरहवाबाट काठमाडौंमा ल्याई सीआईबी कार्यालयमा पु-याएको छ । प्रतिनिधि सभाका पूर्व सभामुख महरा बिगतमा उप-प्रधानमन्त्री बन्नुभएको थियो । पटक पटक सांसद…

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल विजयी

सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल नेपाली कांग्रेसका उम्मेद्वार युवाराज शर्मालाई पराजित गरी राष्ट्रिय सभाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित दाहालले नेकपा (माके), नेकपा (एमाले), नेकपा (एस) र जनता समाजवादी पार्टी,नेपालका गरि…