Category समाचार

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालको राजिनामा स्वीकृत

नेपाल सरकार, मन्त्रीपरिषदले १०० रुपैयाको नोटमा अहिलेको नेपालको नक्सा राख्ने निर्णय गरे लगत्तै त्यसको विरोध गरि अभिव्यक्ति दिएपछि विवादमा तानिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले अन्तत: आजबाट सो पदबाट राजिनामा दिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत…

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतको दावी , अदालत जाँदै केदार

५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा आज दावी प्रस्तुत गर्नुभएको छ । आफूलाई समर्थन गरेका नेकपा (माके) लगायतका दलले…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज मातातौर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आज छ‍ोराछ‍रीले आमालाई भेटेेर नयाँ बस्त्र, मिठाई, फलफुल जस्ता कोसेली दिएर आमालाई भेट्तै छन् । अलि टाढा रहेका छोराछ‍ोरीले भने टेलिफोन, म्यासेञ्जर , भाइबर जस्ता सञ्चार माध्यमबाट आमासँग कुराकानी गरिरहेका छन्…

सहकारीको उद्देश्य अनुसार नचल्दा सहकारीमा समस्या उत्पन्न भयो : मन्त्री अधिकारी

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको उद्देश्य अनुसार नचल्दा सहकारीमा समस्या उत्पन्न भएको र सहकारीको समस्या सरकारले नभई सहकारीमा आवद्धहरुले समाधान गर्नु पर्ने खाँचो औंल्याउनुभएको छ । नेफ्स्कूनको आय‍ोजनामा “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति…

नव गठित जसपामा जनप्रतिनिधि जान पाउने

उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी,नेपाल छाडेकाहरुले अशोककुमार राईको नेतृत्वमा गठन गरेको जनता समाजवादी पार्टीमा २१ दिनभित्र जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि जान सक्ने भएका छन् । निर्वाचन आय‍ोग, नेपालले आज जारी गरेको…

आजबाट बागमती प्रदेशको कामकाजको भाषा नेपाल भाषा र तामाङ भाषा पनि,, बागमती प्रदेशका सरकारी कार्यालयमा बिदा

आजबाट बागमती प्रदेशमा नेपालीसँगै नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा बनेको छ । नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू भएको उपलक्ष्यमा आज बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकले आफू अन्तर्गतका सरकारी कार्यालय…

यशोधर साकोसको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ बैशाख २२ गते शनिबार बुबहालस्थित यशोधर महाविहार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजना तथा नेपाल रेडक्रस सोसाइटी,…

सी.जी. फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्ष

सी.जी. फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । स‍ो परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ । देशकै…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका-११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आय‍ोजनामा २०८१ बैशाख २२ गते शनिबार ललितपुरको कोन्तीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस स‍‍ोसाइटी, केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको सो…

सरु संगीत घरद्वारा सरस्वती संगीत पुरस्कार घोषणा ,३ लाख रुपैयाको अक्षय कोष स्थापना हुने

ललितपुरको महालक्ष्मी नगरपालिका-५, सानागाउँमा रहेको सरु संगीत घरले ४० वर्ष नाघेका संगीतसाधकलाई हरेक वर्ष प्रदान गर्ने गरि सरस्वती स्मृति संगीत पुरस्कार स्थापना गर्ने भएको छ । सो पुरस्कारका लागि रु.३ लाख राशीको अक्षय कोष स्थापना गर्ने जानकारी शनिबार सानागाउँस्थित बुद्ध…