Category समाचार

डेड दर्जन युवाहरु नेकपा प्रवेश, अ.ने.ट्रे.यु. महासंघको बागमती प्रदेश समिति पुनर्गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला हिजो ललितपुरमा सम्पन्न भयो । सोही महासंघका महासचिव तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य राजकुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विभिन्न…

उपसभामुखको भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने छु : राना

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरे बमोजिम आफूले इमान्दारीपूर्वक उपसभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आजको प्रतिनिधि सभाको बैठकबाट १६६ मत प्राप्त गरी उपसभामुख पदमा निर्वाचित भएपछि रानाले सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै आफूले तटस्थ रहेर…

१ नं. प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी प्रदान

१ नं. प्रदेश सरकारका मन्त्रीहरुले शुक्रबारबाट बल्ल मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्मन्त्री हिक्मत कार्कीले विना विभागीय मन्त्रीहरुलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभयो । आन्तरिक मामिला तथा कानून र आर्थिक मामिला तथा योजना मन्त्रालय आफैसँग राखेका मुख्यमन्त्री कार्कीले नेकपा (एमाले)का…

उपसभामुख उम्मेद्वार मुक्ता यादवको पक्षमा मतदान गर्न सांसदहरुलाई नेपाली कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई प्रतिनिधि सभाको उपसभामुख पदकी उम्मेद्वार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न निर्देशन गरेको छ । सो पार्टीका प्रमुख सचेत रमेश लेखकले आज दिउसो प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि हुने मत विभाजनमा यादवको मतदान गर्न…

लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको प्रहरीलाई निर्देशन

गृह मन्त्रालयले महोत्तरीको गौसला नगरपालिका २, निवासी लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्धा लागेका महत्तो तारेख गुजारेर फरार भएकोले निजलाई पक्राऊ गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज कर्णाली प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । उहाँलाई नेकपा (माके)का १३, नेकपा (एमाले)का ९, नेकपा (एस)का १, राप्रपाका १ र स्वतन्त्र १ गरी कर्णाली प्रदेश सभाका २५ जना सदस्यले उहाँलाई विश्वासको मत दिएका…

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा र मुक्ता भिड्दै

भोलि हुने प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तागठबन्धनको तर्फबाट रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता यादव भिड्ने निश्चित भएको छ । सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधि सभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगरको उम्मेद्वारी दर्ता भइसकेको छ । उहाँको…

राष्ट्रपति भण्डारीद्वारा घिमिरेलाई सभामुखको पद तथा गोपनियताको सपथ

हिजो प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरे आज विहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुखको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्ड लगायतको उपस्थिति रहेको थियो । झापा क्षेत्रबाट २ बाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यमा…

इन्दिरा राना मगर रास्वपाको प्रतिनिधि सभाको उपसभामुख उम्येद्वार

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद इन्दिरा राना मगरलाई प्रतिनिधि सभाको उपसभामुख उम्मेद्वार बनाउने निर्णय गरेको जनाएको छ । आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले रानालाई उपसभामुख उम्मेद्वार बनाउने निर्णय गरेको बताइएको छ । सत्ता गठबन्धन दलहरु बीच…

बागमती प्रदेश सहकारी संघ लि.को कार्यालय जिल्ला सहकारी संघ लि., ललितपुरको भवनमा स-यो

बागमती प्रदेश सहकारी संघ लि.को कार्यालय आज ललितपुरको सातदोबाटोबाट ललितपुरकै महालक्ष्मीस्थानमा रहेको जिल्ला सहकारी संघ लि., ललितपुरको भवनको पहिलो तल्लामा सरेको सो संघले जनाएको छ ।