Category सहकारी

आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व , गाईजात्रा पनि आजै

काठमाडौं/ आज नेपालीहरुको सांस्कृतिक पर्व जनै पूर्णिमा र रक्षाबन्धन पर्व । आजैबाट पूर्णिमा तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज काठमाडौं उपत्यका , संखुवासभाको चैनपुर लगायतका स्थानमा नेवार समुदायले गाईजात्रा पर्व मनाउदै छन् भने मानिसलाई मारेर खाने गठमंगल राक्षसलाई…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा www.elibrary.ncbl.coop सञ्चालन शुरु

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो कारोबार शुरु भएको १९औं बर्ष पुरा भएको अवसरमा बिहीबारबाट ईलाइब्रेरी.एनसीबीएल.कुप (www.elibraray.ncbl.coop) सञ्चालन शुरु गरेको छ । यसको सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले शुभारम्भ गर्नुभयो । । यसमा ७६१ वटै सहकारी ऐन लगायतका सहकारीका लागि आवश्यक…

टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवसमा गरियो बृक्षारोपण

ललितपुर/ ललितपुरको हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवस सोमबार बिगतका वर्षहरुमा झैं बृक्षारोपण कार्यक्रम गरी मनाइएको छ । सोही संस्थाको कार्यालय परिसर आसपासमा बृक्षारोपण गरिएको थियो । त्यसै अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो…

आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री शशि श्रेष्ठ

काठमाडौं/ भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारीलाई सहकारीको मुल्य र मान्यता बमोजिम सञ्चालन गरी यसलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभएको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन…

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अपिल

ललितपुर/ देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले सहकारी संघ/संस्थाहरुलाई संयमित भएर कार्य गर्न र सामान्य अवस्थामा भन्दा बढी तरलता व्यवस्था गर्न अनुरोध गरेको छ । आज सो महासंघले अपिल जारी गरी सो अपिल गरेको हो ।

भक्तपुर बचत संघको समीक्षा तथा ४ बर्षीय व्यवसायिक योजना गोष्ठी सम्पन्न

भक्तपुर/ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा बार्षिक, त्रिबर्षीय व्यवसायिक योजनाको समीक्षा तथा चार बर्षीय व्यवसायिक योजना निर्माण गोष्ठि यही साउन १४ गते शनिबार होटेल हेरिटेज , बाराहीस्थान, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द…

लोकेश्वर साकोसमा नृत्य प्रशिक्षण तथा साहित्य लेखन तालिम सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा आधारभूत नृत्य प्रशिक्षण तथा साहित्य लेखन तालिम गत शुक्रबार एक समारोहबीच सम्पन्न भयो । सो तालिमको समापन कार्यक्रमका प्रमुख आतिथि साविक भक्तपुर नगरपालिका वडा नं.…

उपासना महिला साकोस नियम कानुन अनुसार सञ्चालन भइरहेको छ : अध्यक्ष महर्जन

काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नियम, कानुन , विधि र पद्दती भित्र रहेर आफ्ना शेयर सदस्यहरुको हितलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले बताउनु भएको छ ।…