Category राजनीति

नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट शुरु हुदै

भरतपुर/ नेकपा (एमाले) को १०औं महाधिवेसनबाट शुरु हुदै छ । आज दिनको १२ बजे नारायणगढको नारायणी किनारमा सो महाधिवेशनको उदघाटन उक्त पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित…

आउदो मंसीर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्धाको पेशी तोकिने

काठमाडौं/ सर्वोच्च अदालतमा आउदो मंसीर १५ गतेदेखि गोलाप्रथाबाट मुद्धाको पेशी तोकिने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वोच्च अदालतको फुल कोर्टको बैठकले सो निर्णय गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ । उक्त बैठकले आउदो मंसीर १५…

नेकपा(माके) को सबै वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन

काठमाडौं/ संगठन सुदृढीकरणमा लागिरहेको नेकपा(माके)ले देशभरका ६,७४३ वडा मध्ये एकाधमा बाहेक सबैजसो वडा सम्मेलन शनिवार सम्पन्न गरेको छ । चाड पर्व परेका कारण केही वडाको आधिवेशन रोकिएको बताइएको छ । अधिवेशन भएका सबै वडामा सो पार्टीको वडा कमिटीको नेतृत्व सर्वसम्मत…

नेकपा (एमाले) को अध्यक्षमा ओली र रावल भिड्ने

काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा सो दलको केन्द्रीय नेतृत्व कस्तो बनाउने बहस पनि चलिरहेको छ । यही मंसीर १०-१२ गतेसम्म चितवनको नारायणगढमा हुने सो महाधिवेशनबाट हालका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न…

बिस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुग्दा पनि टुंगिएन शान्ति प्रक्रियाका बाँकी काम

काठमाडौं / २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलन सम्पन्न भएपछि ७ दलीय गणबन्धनको तर्फबाट बनेको नेपाल सरकार र १० वर्षै ससस्त्र माओवादी जनयुद्धको नेतृत्व गरेको नेकपा(माओवादी) बीच बिस्तृत शान्ति सम्झौता भएको आज १५ बर्ष पुगेको छ तर सो सम्झौतामा उल्लेखित केही कार्य…

१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश सभाबाट बिश्वासको मत प्राप्त

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रदेश सभाबाट बिश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको उक्त प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको बिश्वासको मतको पक्षमा ५० र विपक्षमा २९ मत परेको सोही प्रदेश सभाका सभामुख…

१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिने

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज दिउसो १२:३० बस्ने तय भएको १ नं. प्रदेश सभाबाट बिश्वासको मत लिनु हुने भएको छ । २ दिन अगाडि बिश्वासको मत लिने सूचना मुख्यमन्त्रीले प्रदेश सभामा जानकारी गराउनु पर्ने कानूनी प्रावधानका कारण…

सी.पी. मैनाली नेकपा (माले)को पुन: महासचिव चयन

भरतपुर/ सी.पी मैनालीलाई पुन: महासचिव चयन गर्दै चितवनको नारायणगढमा जारी नेकपा (माले)को आठौँ महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको र त्यसमध्ये ५८ जना केन्द्रीय सदस्य चयन भएका र बाँकी केन्द्रीय पछि थप…

नेपाल कम्युनिष्ट पार्टीमा जन आकर्षण बढिरहेको छ : ऋषि कट्टेल , पूर्व माओवादी लडाकु दीपक थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

भक्तपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति र कार्यदिशाका कारण यतिबेला नेपाल कम्युनिष्ट पार्टीप्रति जन आकर्षण बढेको बताउनु भएको छ । २०७८ कार्तिक २७ गते भक्तपुरको लोकन्थलीमा नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिले आयोजना…

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा थप २ मन्त्री नियुक्त

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज थप २ मन्त्री नियुक्त गर्नु भएको छ । नेकपा (माके) का नेता सालिकराम जम्मरकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका नेता निमा लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्वय…