Category समाचार

परिचय नखुलेका व्यक्तिलाई घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौं/ गृह मन्त्रालयले परिचय नखुलेका कुनै पनि व्यक्तिलाई घर, फ्ल्याट भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काम नलगाउन गृह मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । सो मन्त्रालयले परिचय नखुलेका त्यस्ता व्यक्ति भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि नागरिकहरुलाई अनुरोध…

सर्वोच्च अदालतमा किचलो

काठमाडौं/ सरकारसँग भागबण्डा लिएर नाताले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा यतिबेला विवादमा तानिनु भएको छ । जसले गर्दा सर्वोच्च अदालतमा किचलो उत्पन्न उत्पन्न भ एको छ । सर्वोच्च अदालतका २४ जना न्यायाधीशहरु र केही वकीलहरु…

चैनपुर नगरपालिकाद्वारा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नगरबासीहरुलाई उक्त खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम शुरु गरेको जनाएको छ । हिजोबाट शुरु भएको सो कार्यक्रम यही कार्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

१ नं. प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मलाई स्थगित

विराटनगर / सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहमा आज बस्ने तय भएको १ नं. प्रदेश सभाको बैठक २०७८ कार्तिक १५ गते बस्ने गरी स्थगित गरिएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको थियो…

नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा !

काठमाडौं/ नेकपा(एमाले) को केन्द्रीय कार्यालय काठमाडौंको माइतीघरबाट ललितपुरको च्यासल स्थित तुलशीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सर्ने सो पार्टी स्रोतले जनाएको छ । उक्त विषयमा नेकपा (एमाले) र तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान बीच समझदारी भएको बताइएको छ । पछिल्लो केही समयदेखि…

प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षतिको अवलोकन गर्दै

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा गत हप्ता परेको बेमौसमी वर्षातले गएको बाढी र पहिरोले पु-याएको क्षतिको अवलोकनको लागि पूर्वका बाढी पहिरोले क्षति पु-याएका जिल्लाहरुको अवलोकन भ्रमणमा रहनु भएको बताइएको छ । केही दिनयता प्रधानमन्त्री देउवा बाढी पहिरोले पु-याएको क्षतिको अवलोकन गर्दै…

वीमा समितिद्वारा कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम

ललितपुर/ वीमा समितिले २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम गरेको जनाएको छ । यस अघि सो अनुदान रकम ५० प्रतिशत मात्रै रहेको थियो ।

ठक्कर शर्माको निधनले वाम आन्दोलनमा क्षति

काठमाडौं/ नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा ठक्कर शर्माको यही कार्तिक ५ गते उपचारको क्रममा भएको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेकपा(एमाले) का नेता तथा चीनका लागि पूर्व राजदूत टंक कार्की सहित नेपालको कम्युनिष्ट तथा वाम आन्दोलनमा क्रियाशील…

प्राकृतिक विपत्तिमा सहयोगको लागि नेफ्स्कून र कृषि सहकारी संघको आग्रह

काठमाडौं/ देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संघ नेफ्स्कूनले यही असोज ३० गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट पीडितहरुको सहयोगको लागि आग्रह गरेको छ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख चन्द्रप्रसाद ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा…