Category समाचार

केन्पो खुकुरी मार्शल आर्टसको ग्रेडिङ्ग कार्य भक्तपुरमा सम्पन्न

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको आयोजनामा भक्तपुरको कौशलटारस्थित ब्याङ्क्वेट ह्वाइट प्यालेसमा यही श्रावण २३ गते मंगलबार मार्सल आर्टसका खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भयो । कार्यक्रम सोही संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले खेलाडीहरुको स्तर उन्नतीको लागि केन्पो खुकुरी मार्शल आर्टसका…

नेपाल टेलिकमको ५० रुपैया दरका रिचार्ज कार्ड

नेपाल टेलिकमको ५० रुपैया दरका रिचार्ज कार्ड हराएको बताइएको छ । नेपाल टेलिकमले जारी गरेको सूचनामा सो कम्पनीका सि.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२ ००१३८००००० सम्मका नमस्ते ब्राण्डका रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको उल्लेख छ

नेकपाको केन्द्रीय समितिको बैठक २०८० भाद्र १५ र १६ गते बस्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक २०८० भाद्र १५ र १६ गते काठमाडौंमा बस्ने भएको छ । गत शनिबार काठमाडौंमा बसेको सो पार्टीको सचिवालयको विस्तारित बैठकले उक्त निर्णय गरेको स‍ोही पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथलाई बताउनुभयो ।…

नेपालको पर्यटन उद्य‍ोगको बारेमा नेपाल उद्य‍‍ोग परिसंघ र पर्यटन मन्त्री किराँती बीच छलफल

यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट नेपाल हटाउनको लागि आवश्यक पहल गर्न नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई आग्रह गरेको जनाएको छ । र सो परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा आज नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन…

ख्वप साकोसमा उद्घोषण तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण , सम्हेबजी प्रदर्शनी सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितको आयोजनामा एक हप्ते उद्घोषण तालिम यही श्रावण २० गते शनिबार सम्पन्न भयो । सो तालिम समापनको अवसरमा यही शनिबार भक्तपुरको व्यासीमा सम्पन्न प्रमाण-पत्र वितरण कार्यक्रममा भक्तपुर नगरपालिका…

सामूहिक साकोसको नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्टि सम्पन्न

भक्तपुरको बोलाछेंमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सेवा केन्द्र सञ्चालनमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,को आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम एवं अनुमानित बजेट तर्जुमा गोष्ठि सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा २०८० असार…

निर्माण व्यवसायीहरुको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको अनुरोध

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ ,नेपालले सरकारसमक्ष अनुरोध गरेको छ । सो परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा…

भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा आ.ब. २०८०/०८१ को बजेट कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम होटल भादगाँउमा २०८० श्रावण २० गते शनिबार सम्पन्न भयो । कार्यक्रममा सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, सञ्चालकहरुले पैशा…

मन्त्री रामकृष्ण चित्रकारलाई दिइयो मन्त्रालयको जिम्मेवारी, बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ पुग्य‍ो

बागमती प्रदेश सरकारका विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई मन्त्री बनेको लामो समयपछि आज बल्ल उद्य‍ोग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरेको जनाइएको छ । उहाँलाई नेपाली कांग्रेसको भागमा रहेको पर्यटन, उद्य‍ोग तथा सहकारी मन्त्रालय फुटाएर बनाएको उद्य‍‍ोग तथा सामान्य…

लोकेश्वर साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही श्रावण १९ गते शुक्रबार भक्तपुर नगरका सम्पदाहरुको रुपमा रहेको इन्द्रायणी पीठ प्रा·नदेखि ख्यो पुखु (धवाहिटी पुखु) हुदै कालदह (कालिदह)सम्मको सडक तथा सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न भयो ।…