Category समाचार

मधेश प्रदेश सभाका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु भएको छ । जनता समाजवादी पार्टी , नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका यादवलाई मधेश प्रदेश सभामा उपस्थित रहेका १०२ जना प्रदेश सभा सदस्यले विश्वासको मत मत दिएको जनाइएको…

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेद्वारी दर्ता

प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा (एमाले)का सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ । सभामुखको निर्वाचन भोलि बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ । नेकपा (एमाले)का झापा क्षेत्र…

नेकपा (माके)की यसोदा न्यौपाने कर्णाली प्रदेश सभाको उप-सभामुख निर्वाचित

कर्णाली प्रदेश सभाको उप-सभामुख पदमा नेकपा (माके)की यशोदा न्यौपाने नेपाली कांग्रेसकी इन्द्रकुमारी शाहीलाई पछि पारी विजयी हुनुभयो । ४० सदस्यीय प्रदेश सभाको आजकै बैठकमा भएको मतदानमा सहभागी भएका ३८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा (माके)की न्यौपानेलाई २४ जनाले मतदान गरेका…

महाकाली सन्धिको पक्षमा नेकपा (एमाले)लाई उभ्याउन निर्णायक बनेका देवराज घिमिरे सभामुख उम्मेद्वार

प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरेलाई सो पार्टीले उम्मेद्वार बनाएको छ । नेकपा (एमाले)का नेता घिमिर झापा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँलाई सत्ता गठबन्धन दलको समर्थन रहने जनाइएको छ । सभामुख पदका उम्मेद्वारमा…

प्रतिनिधि सभाको सभामुख पदको उम्मेद्वार मनोयन आज , निर्वाचन भोलि

प्रतिनिधि सभाको सभामुख चयन भोलि ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट हुने भएको छ । जसका लागि आज दिउसो १:०० बजेदेखि ४:०० बजेसम्म हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति र प्रतिनिधि सभाको सभामुख नेकपा (एमाले)लाई दिने…

अन्तत: अभिनेता पल शाहलाई दियो तनहुँ जिल्ला अदालतले सफाई

अन्तत: नाबालिका बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह उर्फ पूर्ण विक्रम शाहलाई तनहुँ जिल्ला अदालतले नाबालिका बलात्कार गरेको प्रमाणित हुने प्रमाण नपुगेको भनी सफाई दिएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता शाहलाई १४ बर्षको जेल सजायको माग…

प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेसँगै उप-प्रधानमन्त्री , मन्त्री र राज्यमन्त्रीहरुद्वारा पदभार ग्रहण

नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल सरकारका नवनियुक्त उप-प्रधानमन्त्री , मन्त्रीहरु र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै आजैबाट पदभार ग्रहण गरेका छन् । यसैगरी मन्त्रालयको टुङ्गो लागेपछि ४ जना मध्ये ३ जना विना विभागीय मन्त्रीले…

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा सवार २ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९- एन एएनसी एटीआर-७२ हवाई जहाजमा सवार ७० जनाको शव भेटिएपनि २ जनाको अवस्था भने अझै अज्ञात रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय , कास्कीले जनाएको छ । भेटिएका मध्ये हिजो निशान्त…

आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.को १४औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको ताहाचलमा आफ्नै भवनमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी लि.को १४औं बार्षिक साधारण सभा २०७९ पुस ३० गते शनिबार काष्ठमण्डप भेन्यू, भिमसेन स्थानमा सो सञ्चालक समितिका अध्यक्ष प्रेमकृष्ण मानन्धरको अध्यक्षता तथा काठमाडौं क्षेत्र नं.८(क) बाट नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान…

पोखरा जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुग्यो , ११ जनाको सनाखत , लोक गायिका छन्त्यालको पनि मृत्यु

आज विहान पोखरामा भ एको यति एयरलाइन्स जहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६८ पुगेको र मृतकहरुमध्ये ११ जनाको शव सनाखत भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सो प्राधिकरणले केही बेर अगाडि प्रेस विज्ञप्ति जारी उक्त कुरा बताएको…