Category समाचार

यही पुस १२,१३ र १४ गते मध्यपुर थिमि महोत्सव हुने

मध्यपुर थिमि नगरपालिकाको अगुवाईमा यही पुस १२,१३, र १४ गते ऐतिहासिक मध्यपुर थिमि महोत्सव हुने भएको छ । मध्यपुर थिमिको ऐतिहासिक सम्पदा, कला ,संस्कृति, मठ मन्दिर , हिटी, पोखरी, भेषभुषा, चालचलन आदिको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरि पर्यटन…

त्रि.वि.को नाम अनावश्यक रुपमा समावेश गरेको भन्दै कान्तिपुर दैनिकको सम्पादकीयप्रति त्रि.वि.को आपत्ती

त्रिभुवन विश्वविद्यालयले कान्तिपुर दैनिकमा मिति २०८१ पुस ८ गते “परीक्षामा सहभागी नै नभएका विद्यार्थी कसरी पास भए ?” शीर्षकको सम्पादकीयमा अनावश्यक रुपमा त्रि.वि.को नाम समावेश गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आपत्ती जनाएको छ । कान्तिपुर दैनिकलाई सो सम्पादकीय सच्याउन त्रिभुवन…

रवि लामिछाने सांसद पदबाट निलम्बन

कास्की जिल्ला प्रहरी कार्यालय, पोखराको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्वन भएको छ । सो कुरा संघीय संसद प्रतिनिधि सभाले आज जारी गरेको सूचनापत्रमा उल्लेख छ । आजै रास्वपाका नेताहरुले आफ्ना सभापति लामिछानेको सांसद पद निलम्वन नगर्न…

मयुरवर्ण साकोसको कुल कारोबार ७,४१,८३,१६१ रुपैया

ललितपुर महानगरपालिका वडा नं.७, भिञ्छेबहालमा रहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को तरलताको अवस्था राम्रो रहेको जनाइएको छ । अलगपथसँग कुरा गर्दै सो संस्थाका व्यवस्थापक दुर्गारत्न बज्राचार्यले हाम्रो यस संस्थामा शेयर पूँजी रु.७३,८१,०००, बचत संकलन रु.६,३४,५८,७१८, ऋण लगानी रु.४,४३,२८,३८३…

माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाकाे ३ वर्षे रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका-११,शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.काे ३ वर्षे रणनीतिक व्यवसायिक योजना तर्जुमा कार्यक्रम तथा यही पौष २० गते हुन लागेकाे जेष्ठ नागरिक, महिला समूह र महिला सदस्य धार्मिक भ्रमण कार्यक्रमकाे तयारी बैठक…

स्कोप साकोसद्वारा शेयर सदस्यहरुलाई ६ प्रतिशत लाभांश वितरण

ललितपुर महानगरपालिका-१२, सौगलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुलाई ६ प्रतिशत लाभांश वितरण गरि सहकारी ऐन, नियमावली र संस्थाको विनियममा भएको व्यवस्था अनुरुप शेयर सदस्यहरुले पाउने लाभांश रकम उनीहरुको खातामा हाली दिएको सोही…

नवरत्न साकोसको १८औं वार्षिक साधारण सभा पुस १३ गते हुने,१३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गोदाबारी नगरपालिका -३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८१ पुष १३ गते शनिबार विहान ११:०० बजेदेखि गोदाबारी पार्टी प्यालेस, टौखेलमा गर्ने तयारी भइरहेको स‍ोही संस्थाका अध्यक्ष देवराज गिरीले बताउनुभएको छ । आर्थिक…

पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा नेपाल फर्मा एण्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेण्टस् प्रा. लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि. (ई.टी.एस.आई.पी.एल.) को संयोजकत्वमा यही मिति २०८१ पौष ५ देखि ७ गतेसम्म भृकुटीमण्डप, काठमाडौमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित “नेपाल फर्मा एण्ड…

सार्वजनिक निकायमा स्वदेशी बस्तु अनिवार्य गर्ने सरकारको निर्णयको सीएनआईद्वारा स्वागत

सार्वजनिक निकायमा स्वदेशी बस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने सो परिसंघले विश्वास व्यक्त गरेको छ । नेपाल उद्योग परिसंघले २०८१ पुस ३…

एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशन चैतमा हुने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं महाधिवेशन २०८१ चैत्र मसान्त भित्र हुने भएको छ । बुधबार बसेको सो संगठनको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । बैठकले संगठनको २४औं महाधिबेशन र आगामी फाल्गुण १४ गते हुने स्व.वि.यु. निर्वाचनको तयारी…