Category समाचार

स्थानीय तहको उप-निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी

स्थानीय तहको रिक्त ४१ पद पूर्तिका लागि आज विहान ७ बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी रहेको निर्वाचन आय‍ोग,नेपालले जनाएको छ । दिउसो १:४५ बजेसम्म ४५ प्रतिशत मत खसेको जनाइएको छ । अपराज्ह ५:०० बजेसम्म मतदानका लागि लाइनमा बसेका…

बढ्यो पेट्र‍ोलको मुल्य

गत मध्यरातबाट पेट्र‍ोलको प्रति लीटर १ रुपैयाका दरले मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मुल्यसूचीमा पेट्रोलको मुल्य बढेर आएकोले पेट्र‍ोलको मूल्य वृद्धि गर्नु परेको नेपाल आयल निगम लि.ले जनाएको छ । नेपाल आयल निगम लि.ले तय गरेको…

भक्तपुर नगरपालिका भित्रका सहकारीमा समस्या छैन

–राजन जति , अध्यक्ष , लोकेश्वर साक‍‍ोस, इताछें, भक्तपुर भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको ल‍ोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले ‘नियमनकारी निकायले समयमा सहकारी अनुगमन र नियमन नगर्दा सहकारीमन समस्या देखियो तर लोकेश्वर साक‍ोसमा मात्रै नभई भक्तपुर…

स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु मत माग्न व्यस्त

स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु र उनीहरुका सहय‍ोगी तथा समर्थकहरु मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उम्मेद्वारहरु मतदाताहरुको समर्थन आफनो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । भरे राती १२:०० बजेबाट मौन अवधि शुरु हुने…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट शुरु हुँदै छ । आज मध्यान्ह काठमाडौको शान्तिबाटिकाबाट शुरु हुने उक्त पार्टीको जुलुस न्युरोड भूगोलपार्कमा पुगेपछि त्यहाँ सोही पार्टीका एकता महाधिबेसन आयोजक समिति संयोजक मोहन वैद्य ‘किरण’ले महाधिबेसनको उदघाटन गर्ने कार्यक्रम रहेको आय‍ोजकको…

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको ३२औं वार्षिक साधारण सभा पौष १२ गते हुने

देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महास‌घ लि.,नेपालको ३२औं वार्षिक साधारण सभा आउदो पौष १२ गते शुक्रबार विहान ८:३० बजे ललितपुरको पुल्चोकस्थित आफ्नै कार्यालयको सभा हलमा हुने भएको छ । सो महासंघले सूचना जारी गरी उक्त विषयको जानकारी दिएको…

नेकपा र नेकपा (१५ सेप्टेम्बर १९४९) बीचको बार्ता सकारात्मक

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (१५ सेप्टेम्बर १९४९) बीचको पहिलो चरणको एकता बार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बताइएको छ । आज भएको बार्तामा दुबै पक्ष कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरि अगाडि बढाउन सहमत भएको आजै जारी दुबै पार्टीको…

झण्डै ११ महिनापछि बल्ल पायो नेपाल धितोपत्र बोर्डले अध्यक्ष

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका पूर्व सञ्चालक तथा व्यवसायिक पृष्ठभूमिका स्याङ्जाका सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्डले ११ महिनापछि बल्ल अध्यक्ष पाएको छ । २०८० पुस २० गते तत्कालीन…

प्रेस काउन्सिल नेपालद्वारा थप १० वटा युटुब /पेजलाई कारबाही

आधारहिन गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज थप १० वटा युटुब च्यानल/पेेजलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ४ वटाको प्रेस काउन्सिल नेपालमा सूचिकरण भएको र बाँकीको सूचिकरण नभएको प्रेस काउन्सिि नेपालको भनाई छ । यस अघि…

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको २०८१ मंसिर ९ गते आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः…