Avatar photo

Arjun Karki

मेडिकल कलेजमा होस्टेल सुविधा ऐच्छिक बनाउनु पर्दछ : काठमाडौं विश्वविद्यालय, विद्यार्थीहरुको माग अविलम्व पूरा हुनुपर्छ : मनिष भट्टराई

काठमाडौं/ काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोग समक्ष मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि होस्टेल सुविधा ऐच्छिक बनाउन सिफारिस गरेको छ । मंगलबार उक्त विश्वविद्यालयले सो विषयको जानकारी सहितको पत्र चिकित्सा शिक्षा आयोगलाई पठाएको जानकारी प्राप्त भएको छ । त्यस्तै त्यस विश्वविद्यालयले…

मेडिकल शिक्षामा शुल्क विवाद

काठमाडौं/ सरकारले मेडिकल शिक्षाको शुल्क तोकेको छ तर कतिपय मेडिकल कलेजहरुले सरकारले तोकेको शुल्क भन्दा धेरै बढी शुल्क लिएका कारण बेला बेलामा बिबाद चल्दै आएको छ । यतिबेला पनि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरस्थित नोवेल मेडिकल कलेजले विद्यार्थीहरुबाट…

ओमिक्रोन भेरियन्टबाट कर्मचारीहरु संक्रमित भएको भएपछि मालपोत कार्यालय, कास्कीको सेवा प्रवाह बन्द

पोखरा/ सधै भिडभाड भइरहने मालपोत कार्यालय, कास्कीले प्रवाह गर्ने सेवा आजबाट एक साताका लागि बन्द भएको छ । ओमिक्रोन भेरियन्टबाट कर्मचारीहरु संक्रमित भएपछि सो कार्यालयले प्रवाह गर्दै आएको सेवा आजदेखि आउदो माघ १७ ग गतेसम्म बन्द गरेको जनाइएको छ ।

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.आजबाट १२औं वर्षमा प्रवेश

काठमाडौं / मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको आजबाट ११औं वर्ष पूरा भई १२औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको माछापोखरीमा केन्द्रीय रहेको सो संस्थाका काठमाडौंकै थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालनमा छन् । काठमाडौं,…

सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली प्रति नागरिकको असन्तुष्टि

काठमाडौं/ ओमिक्रोन भेरियन्टको संक्रमण दर तीव्र गतिमा फैलिएको भन्दै स्थानीय प्रशासनहरुले काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेसँगै सो कार्यप्रति नागरिकहरुले असन्तुष्टि व्यक्त गरेको देखिएको छ । जोर प्रणालीका कारण सडकमा सवारी साधनको संख्या कम हुने भएकोले यात्रुले…

गृह मन्त्रालयले लगायो मलेसिया र खाडी मुलुकहरुमा भिजिट भिसामा जान रोक

काठमाडौं/ ओमिक्रोन संक्रमण दर तीव्र गतिमा बढेको भन्दै गृह मन्त्रालयले २०७८ माघ १० गतेदेखि अर्को आदेश नभएसम्म मलेसिया तथा खाडी मुलुकहरुमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको उक्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आजबाट दुबै खोप लगाएको खोप कार्ड विना त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयमा प्रवेश निशेध

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले कोभिड-२९ को दुबै खोप लगाएको खोप कार्ड वा त्यसको मोबाइलमा फोटो साथमा नभएका कसैलाई पनि सो कार्यालयमा प्रवेश निषेध गरेको उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । ओमिक्रोन भेरियन्टबाट उक्त कार्यालयका केही कर्मचारी…