Avatar photo

Arjun Karki

काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायातमा जोर प्रणाली लागू

ललितपुर/ ओमिक्रोन भेरियण्ट संक्रमण तीव्र गतिमा बढेको भन्दै काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागु गरेको जनाइएको छ । ललितपुर, काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज बिहान १ बजेदेखि सो आदेश जारी गरेको जनाएका छन् । आजबाट…

लोक सेवा आयोगका परीक्षा स्थगित , प्रहरी जवानको परीक्षा तालिका माघ १६ गते प्रकाशन हुने

काठमाडौं / ओमिक्रोन भेरियण्टको संक्रमण दर तीव्र रुपमा बढेको र त्यसबाट लोकसेवा आयोगका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै लोक सेवा आयोगले २०७८ माघ ११ गते देखि माघ मसान्तसम्म सञ्चालन गर्न लागेको सबै लिखित परीक्षा स्थगित गरेको र २०७८ फागुन १…

ओमिक्रोन भेरियण्टको संक्रमण तीव्र गतिमा बढेसँगै त्रि.वि.का सबै परीक्षा स्थगित

काठमाडौं/ विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको संक्रमण दर तीव्र गतिमा फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले २०७८ माघ ९ गतेदेखि सञ्चाल गर्न लागेका वार्षिक तथा सेमिष्टर प्रणाली अन्तर्गतका सबै परीक्षा अर्को सुचना जारी नहुदासम्म स्थगित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय,केन्द्रीय परीक्षा…

राष्ट्रिय सहकारी बैंक लि.द्वारा सदस्य संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.लि.ले आफ्ना सदस्य संघ /संस्थाहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको र सो रकम सम्बन्धित सदस्य संघ/संस्थाको खातामा हाली दिएको जनाएको छ । सो बैंकको १८औं वार्षिक साधारण सभा अन्तर्गत २०७८ पुस १६ देखि २८ गतेसम्मको इकाई…

बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा बिहीबार ललितपुरमा सम्पन्न भयो । सो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कँडेलले…

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय मल्ल र जोशीलाई पार्टी सदस्य समेतबाट निलम्बन

काठमाडौं/ पार्टी भित्र गुटबन्दी सहितका अनुशासन विपरीतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई सो पार्टीको सम्पूर्ण पदीय जिम्मेवारी सहित पार्टी सदस्य समेतबाट १ वर्षको लागि निलम्वन गरेको छ ।…

पब्लिक को-अपरेटिभ लि.को आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

ललितपुर/ ललितपुरको जावलाखेल- धोबीघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.को आयोजनामा यही पुस २४ गते ललितपुर जिल्लाव्यापी अन्तर- विद्यालय स्तरीय बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सो संस्था स्थापना भएको रजत वर्षको अवसरमा आयोजित उक्त प्रतियोगितामा नर्सरी (Nursery) देखी यु के.जी.(u…