Category समाचार

पुन: दीपक पनेरूको अध्यक्षतामा कास्कूनको सञ्चालक समिति सर्वसम्मत चयन

नेफ्स्कूनको कोषाध्यक्ष समेत रहेका दीपक पनेरूको अध्यक्षतामा पुन: काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको छ । ४ वर्षे कार्यकाल रहने कास्कूनको बरिष्ठ उपाध्यक्षमा नवराज अर्याल , महिला उपाध्यक्षमा विनिता अधिकारी , महासचिवमा…

सहकारी नियमावली विपरीत कार्य नगर्न इटहरी उप-महानगरपालिकाको निर्देशन

इटहरी उप-महानगरपालिकाल सहकारी ऐन र नियमावली विपरीत सार्वजनिक पदमा बहाल रहेका पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी इटहरी उप-महानगरपालिकाको कार्यक्षेत्रका सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा नरहन निर्देशन दिएको छ…

नाउपाका चौधरी कारागार चलान,एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीको आनाकानी

१० वर्ष अघि थरुहट आन्दोलनको क्रममा ट्याक्टरमा आगजनी गरेको अभियोगमा ६ महिना कैद र ८,२८,४२३ रुपैया जरिवाना सजाय पाएका तर फरार भनिएका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार नेपालगञ्जबाट पक्राउ गरी जिल्ला…

आउदो फाल्गुण ९ गते मातृभाषा कविता बाचन हुने

अन्तर्राष्ट्रिय आदिबासी मातृभाषा दशकको अवसरमा आदीबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सन् २०२३ फेब्रुअरी २१ तदानुसार वि.सं.२०७९ फाल्गुण ९ गते मातृभाषा कविता बाचन हुने भएको छ । इच्छुक श्रष्टाहरुले यही माघ २६ गते भित्र आफ्नो मातृभाषामा लेखिएको कविता आदीबासी जनजाती…

रवि लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्रीलाई रास्वपाको दवाव

अध्यक्ष रवि लामिछानेलाई पुन: गृह मन्त्री बनाउन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दवाव दिइरहेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भोलिसम्म अध्यक्ष लामिछानेलाई गृह मन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइएको छ…

डल्फिन साकोस, शिव टोल,पोखराका व्यवस्थापक लेखुराम खातीले गरे आत्महत्या

कास्कीको पोखरामा सहकारीका एक व्यवस्थापकले आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका-९ शिव टोलमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक तथा ह्याप्पी पानी उद्योगका सञ्चालक ३८ वर्षीय लेखुराम खातीले हिजो साँझ ७ बजेतिर घरमै झुण्डिएर आत्महत्या गरेको र…

अस्थायी शिक्षकले पाउने सुबिधाको लागि निवेदन दिने समय माघ मसान्तसम्म थप

अस्थायी शिक्षकले पाउने सुबिधा (Golden Handshake)को लागि राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन दिने समय यही माघ मसान्तसम्म थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरद्वारा प्रकाशित सूचनामा सो विषय उल्लेख छ ।

गरियो शहीदको सम्झना

यही माघ १० गतेदेखि शुरु भएको शहीद दिवस अन्तर्गत शहीद सप्ताहको अन्तिम दिन आज विभिन्न कार्यक्रम गरी शहीदहरुको सम्मान सहित सम्झना गरियो । आज काठमाडौं लैनचौरस्थित शहीदपार्कमा पुगेर प्रधानमन्त्री प्रचण्ड , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले शहीदहरु प्रति माल्यार्पण…

आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपति निर्वाचन हुने

निर्वाचन आयोगले आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपतिको निर्वाचन गर्ने जनाएको छ । राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । निर्वाचन आयोगलले राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको मिति र…