Category समाज

प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन, आजै सपथ ग्रहण हुने

अनतत: संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको २९औं प्रधानन्यायधीश पदमा कायममुकाम प्रधानन्यायधीश हरिकृय्ण कार्कीको नाम अनुमोदन गरेको जनाइएको छ । प्रधानन्यायधीशमा कार्कीको नाम अनुमोदन भएसँगै आज अपरान्ह ५ बजे उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ…

बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा र डा. अर्याल मुख्यसचिवमा नियुक्त

नेपाल सरकारले नि:बर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै मुख्यसचिव नियुक्त भई कार्यरत रहेका बैरागीले मुख्यसचिव पदबाट आजै राजीनामा दिएपछि रिक्त रहेको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको…

राष्ट्रपति पौडेलको एञ्जियोग्राफीको रिपोर्ट सामान्य

छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि आज काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य परीक्षणका क्रममा गरिएको एञ्जियोग्राफीको रिपोर्ट सामान्य आएको सो केन्द्र श्रोतले जनाएको छ । त्यहाँ राष्ट्रपति पौडेलको मुटुको विभिन्न जाँच गरिएको बताइएको छ…

पिपुल्स फ‍ोर्स नेपालको बागमती प्रदेशको अध्यक्षमा निलगगन

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले संसदवादी व्यवस्थाबाट समाजमा भइरहेको शोषण , उत्पीडन र बेथितिको अन्त सम्भव नभएकोले शोषित उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकार स्थापित गर्ने, स्वाधिन र समृद्ध देश निर्माणका लागि नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुको…

‘जब परो राती, तब बुढी ताती’ उखान संसदको रेकर्डबाट हटाउनु सकारात्मक

उद्य‍ोगपति समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बोलेको ‘जब परो राती, तब बुढी ताती’ उखान संसदको रेकर्डबाट हटाउने कार्यलाई धेरै महिलाहरुले सकारात्मक रुपमा लिएको देखिएको छ । लैंगिक विभेद हुने ऐन र नियमको परिवर्तन गर्ने गरि सांसदहरुले कार्य गर्नु…

ऋषि कट्टेल नेतृत्वको नेकपा निकट अ.ने.म. यूनियन, काठमाडौंको संय‍‍ोजकमा सीता

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपनल महिला यूनियनको काठमाडौं जिल्ला स्तरीय भेला आज सुबिधानगर, काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समिति संय‍‍ोजक एवं अखिल नेपाल महिला यूनियनकी केन्द्रीय सदस्य भवानी के.सी.को अध्यक्षतामा सम्पन्न भयो…

सांसद य‍ोगेश भट्टराईले पछिल्लो सार्क शिखर सम्मेलन र विमिष्टेक सम्मेलनको मिति उल्टो बताए

नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहय‍ग संगठन सार्क र विमिष्टेकका पछिल्ल‍‍ो पटक भएका सम्मेलनको मिति उल्टो बताउनुभएको छ । स‍ोमबार बसेको प्रतिनिधि सभाक‍ो बैठकमा ब‍ोल्दै उहाँले सन् २०१४ विमिष्टेक सम्मेलन र सन् २०१८ मा सार्क…

२२ वर्ष बित्य‍ो तर नारायणहिटी हत्याकाण्ड अझै रहस्यमा

तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन शाह, अधिराजकुमारी श्रुति राणा, पूर्व अधिराजकुमार धीरेन्द्र शाह, कुमार खड्ग विक्रर शाह लगायतक‍ो ज्यान जाने गरि नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २२ पूरा भएको छ…

राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक राजपत्रमा प्रकाशन

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणिकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएको बताइएको छ। यससँगै यो कानुन बनेको अधिकारीहरुको भनाइ छ । मुद्रण विभागले प्रकाशन गरेको राष्ट्रपति पौडेलले प्रमाणिकरण नागरिकता विधेयक १० पृष्ठको रहेको जनाइएको छ ।

राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणिकरणको विरोध र समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजबाट ४ दिने भारत भ्रमण हुदै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदनले दोश्रो पटक पारित गरेर पठाएपनि पूर्ववर्ती राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी त्यत्तिकै थन्क्याएर राखेको नागरिकता विधेयक प्रमाणिकरणका लागि नेपाल सरकार, मन्त्रीपरिषदले सिफारिस…