Avatar photo

Arjun Karki

नेपालद्वारा भारतमा १७७.७ मेगावाट विजुली विक्री

काठमाडौं/ गएको मध्यरातबाट कालीगण्डकी ए को १४० मेगावाट विजुली भारतीय उर्जा एक्चेञ्ज मार्फत भारतमा विक्री थालेसँगै नेपालले भारतमा विक्री गर्न थालेको विजुलीको परिमाण १७७.७ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरण श्रोतले जनाएको छ । बर्षातले नदीमा पानीको बहाव बढेसँगै गत बिहीबारबाट…

झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ नेकपा प्रवेश

दमक/ झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले स्वागत गर्नुभयो । त्यस अवसरमा अध्यक्ष कट्टेलले नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा कालिदास श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश…

हेलिकप्टरमा २ पाइलटको विषयमा नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा सञ्चालक बीच जुहारी

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणले सिङ्गल इञ्जिनका हेलिकप्टरमा २ पाइलट अनिवार्य गरेसँगै सो प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीच जुहारी चलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढी रहेको भन्दै हवाई सुरक्षाका लागि सिङ्गल इञ्जिनका…

आजबाट पेट्रोल, डिजेल र मट्टितेलको घट्यो मुल्य

काठमाडौं/ नेपाल आयल निगम लि.ले गए राती १२ बजेदेखि पेट्रोल , डिजेल र मट्टितेलको मुल्य रु.१० घटाएको जनाएको छ । मुल्य घटेसँगै अब बजारमा पेट्रोलको मुल्य रु.१७० तथा डिजेल र मट्टितेलको मुल्य रु.१५३ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थ…

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटले सहकारी क्षेत्र अन्यौलमा

काठमाडौं/ यही जेठ १५ गते संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यले नेपालको सहकारी क्षेत्रमा अन्यौलको अवस्था निर्माण भएको देखिएको छ । सो बजेटमा सहकारीको आयकर दर बृद्धि गर्ने कार्यको सहकारी…

नेपाल सरकारले शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरु असन्तुष्ट

काठमाडौं/ यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री शर्माले…

शुभकामना साकोसको २२औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ आफ्नै भवनबाट भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवस बुधबारबाट सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छ । त्यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोही संस्थाको आयोजनामा…

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा

काठमाडौं/ राजपरिवारका ८ जनाको ज्यान जाने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार साझ भएको सो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह , युवराज दीपेन्द्र शाह , अधिराजकुमारी…

स्थानीय तहले निर्धारण गरेको घरजग्गाको करले जनता मारमा

काठमाडौं/ अधिकांश स्थानीय तहले निर्धारण गरेको घर जग्गाको मालपोत करले जनता मारमा परेको देखिएको छ । कुनै भरपर्दो मापदण्ड बिना हचुवाका भरमा निर्धारण गरेको सो कर तिर्न ग्रामीण क्षेत्रका धेरै आर्थिक विपन्न परिवारलाई धौधौ परेको देखिएको छ । धेरै ठाउँमा…