Category अर्थ

बैंकिङ क्षेत्रमा व्याजदर बृद्धिले सबै क्षेत्र प्रभावित

बैंकिङ क्षेत्रमा व्याजदर बृद्धिले यतिबेला सबैजसो क्षेत्र प्रभावित बनेका छन् । यो क्षेत्रमा बृद्धि भएको व्याजदरप्रति उद्योगी र व्यवसायीहरुले असन्तुष्टि ब्यक्त गरिरहेका छन् । यही कारण मोरङ व्यापार संघ , कपिलबस्तु उद्योग वाणिज्य संघ लगायतले तीब्र असन्तुष्टि जनाएका छन् ।…

आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रति ली. ३ रुपैयाले घट्यो

नेपाल आयल निगम लि.ले आजबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति ली.३ रुपैयाका दरले मुल्य घटाएको जनाएको छ । शुक्रबार बसेको नेपाल आयल निगम लि.को सञ्चालक ह समितिको बैठकले उक्त निर्णय गरेको सो निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ…

दिगो औद्योगिकरणका लागि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो औद्योगिकरणका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्छ र त्यसका लागि उद्योगी र किसान बीच आपसी समन्वय आवश्यक रहेको बताउनुभएको छ । ‌‌ विराट एक्सपोको उद्घाटन गर्दै उहाँले जोगबनी -बिराटनगर- किमाथान्का सडक निर्माण सम्पन्न भएपछि यो…

आउदो मंसिर २३-२७ मा १९औं हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघको आयोजनामा आउदो मंसिर २३ देखि २७ गतेसम्म ५ दिवसीय १९ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता हुने भएको छ । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतमा हुने उक्त मेलामा हस्तकलाका विभिन्न सामाग्रीका १५० वटा जति स्टल रहने र…

चुनावले माला र खादाको बढ्यो खपत , झण्डा , व्यानर र व्याज बनाउनेलाई भ्याईनभ्याई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधि ह्वात्तै बढेको छ । मतदाता समक्ष मत माग्न पुग्ने उम्मेद्वारलाई समर्थक र सुभेच्छुकहरुले फुलको माला र खादा लगाई दिने होड चल्दै गएकोले यतिबेला अरु बेलाको…

उद्योगी व्यवसायीहरुलाई आतंक सृजना नगर्न कपिलबस्तु उद्योग वाणिज्य संघको अनुरोध

कपिलबस्तु उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरुलाई आतंक सृजना नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ । सो संघले उद्योग व्यवसाय मैत्री नीति बनाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

अत्यधिक महङ्गी बढ्दा आर्थिक विपन्न मानिसहरु मारमा

बजारमा उपभोग्य सामानको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् , त्यसले आर्थिक विपन्न वर्गका मानिसहरु बढी मारमा परेको देखिएको छ । काठमाडौंको कोटेश्वरस्थित एक खाद्यान्न पसलका सञ्चालकले आफूले केही समय अगाडि रु.१,७०० मा विक्री गर्दै आएको चामल बजारमा भएको मुल्य…

नेपाल बंगलादेश बैंक लि. नविल बैंक लि.मा गाभिदै

काठमाडौं/ नेपाल बंगलादेश बैंक लि.नविल बैंक लि.मा गाभिने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ती दुबै बैंकको एकीकृत कारोबार २०७९ असार २७ गते सोमबारबाट शुरु गर्ने गरी तयारी भइरहेको जनाइएका छ । नेपाल बंगलादेश बैंक लि.नविल…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं/ नेपाल आयल निगमले आजबाट पुन: पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२, डिजेल र मट्टितेलमा प्रति लीटर रु.९ र र आन्तरिक हवाई इन्धनमा रु.५ मुल्य बृद्धि भएको बताइएको छ ।

घट्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य

काठमाडौं/ नेपाल आयल निगमले गएको मध्यरातबाट लागु हुने गरी पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटाएको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रति लीटर रु.२० तथा डिजेल र मट्टितेलमा प्रति लीटर रु.२९ रुपैया मुल्य घटेको छ ।