Category राजनीति

यही मंसिर २८ गतेसम्ममा निर्वाचन परिणाम सहितको विवरण राष्ट्रपतिलाई बुझाउने : निर्वाचन आयोग

निर्वाचन आयोग, नेपालले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम सहितको सबै विवरण यही मंसिर २८ गतेसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक गरेको…

दोलखाबाट नेकपा (माके)का कार्की विजयी , प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेकपा (माके)का गंगा कार्की विजयी हुनुभएको छ । विजयी कार्कीले ३६,७९९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ३६,४८२ मत पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । कार्कीको…

एमालेसँगको चुनावी सहकार्य सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी , नेपालका अध्यक्ष तथा भूतपूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवले नेकपा (एमाले)सँग चुनावी सहकार्य सकिएको बताउदै अब बन्ने सरकारका एजेण्डाको आधारमा आफ्नो पार्टीको समर्थन या विरोध रहने बताउनुभएको छ । आइतबार विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष यादवले मुलुकको संघीय संरचना…

नयाँ सरकार गठनको कसरतमा दलहरु

प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणतिर पुगिरहेको बेला प्रतिनिधि सभामा पहिलो र दोश्रो बनेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले आ-आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत जारी राखेका छन् तर अहिलेसम्मको राजनीतिक दलहरुका नेताहरुका गतिविधिले अबको सरकार नेपाली…

बाजुराको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार पाण्डे विजयी , दुबै प्रदेश सभामा सत्ता गठबन्धनको जीत

सत्ता गठबन्धन र नेकपा (एमाले) बीच निकै तनाव र रस्साकसी भएपनि छलफलफछि अन्तमा सहमती जुटेपछि सम्पन्न भएको मतगणनाको परिणाम अनुसार बाजुराको प्रतिनिधि सभा र दुबै प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेद्वारले बाजी मारे । प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नेता तथा…

स्याङ्जा क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङ विजयी

निकै लामो रस्साकस्सी पछि मतगणना भएको स्याङ्जा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्याललाई ६,६२७ मतान्तरले पछि पारी विजयी हुनुभयो । विजयी गुरुङले ३१,४६६ मत पाउदा नेकपा (एमाले)की सचिव…

नेकपा (माके)सँग एकता हुने चर्चाले नेकपा (एस) भित्र तरङ्ग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग एकता हुने चर्चा चलेपछि त्यसले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र तरङ पैदा गरेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ बीच पार्टी एकताका…

नेपाली कांग्रेसका सभापति देउवा कै नेतृत्वमा अबको गठबन्धन सरकार बन्छ : मन्त्री कार्की

सुनसरी क्षेत्र नं.४ बाट पुन: प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा अबको गठबन्धन सरकार बन्ने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै उहाँले सुनसरी क्षेत्र नं.४…

दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुदै

दोलखाका १० वटा मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं.३ मा रहेको जफे हेल्थपोष्ट भवनको ‘क’ र ‘ख’ मतदान केन्द्र तथा बैत्यश्वर गाउँपालिका वडा नं.२ मा रहेको जनज्योति माध्यमिक विद्यालयको ‘क’ र ‘ख’ मतदान…

उचित बैकल्पिक व्यवस्था गरेर मात्रै बागमती किनाराका सुकुम्बासी बस्ती हटाउनुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘बागमती किनारमा लामो समयदेखि बसोबास गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई राज्यले उचित बैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँबाट सुकुम्बासी बस्ती हटाउनुपर्छ’, भन्नुभएको छ । अलगपथसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष कट्टेलले प्राकृतिक सौन्दर्य बचाउने नाममा उचित बैकल्पिक व्यवस्था…