Category सहकारी

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-२२ , प्युखा , न्यरोडस्थित सहकारी भवनमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सस्था लि.को शुक्रबार कालीमाटी बैङ्क्वेट , कालीमाटीमा १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्षच नरेन्द्र बिष्टको अध्यक्षता सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी महासंघ…

लामो समयदेखि फोहोर नउठ्ता पुन: महामारी फैलिने त्रासमा काठमाडौं महानगरबासी

महामारीको रुपमा फैलिएको डेंगुले सताइरहेको बेला बडादशैं यता काठमाडौं महानगरपालिकाले फोहोर नउठाउदा काठमाडौं महानगरबासीमा पुन: महामारी फैलिने हो कि भन्ने त्रास उत्पन्न भएको देखिएको छ । बडादशैंयता फोहोर लिन महानगरपालिकाको गाडी नआएको कोटेश्वरबासीहरुको भनाई छ । घरमा थुप्रिएको फोहोर राख्ने…

सामूहिक साकोसको कारोवार आफ्नै भवनबाट

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिका-३, बोलाछेंमा निर्मित आफ्नै भवनबाट आफ्नो वित्तीय सेवा शुरु गरेको छ । सो संस्था स्थापना भएको रजत वर्ष प्रवेशको उपलक्ष्यमा आइतबार सोही भवनमा आयोजित कार्यक्रमका बीच उक्त संस्थाको केन्द्रीय कार्यालय त्यसै भवनबाट…

सहकारीकर्मी शरद प्रतिनिधि सभा र जगतलाल प्रदेश सभाको उम्मेद्वार

आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ललितपुरका दुई सहकारीकर्मीले स्वतन्त्र उम्मेद्वारी मनोनयन गरेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले प्रतिनिधि सभाको…

पब्लिक को-अपरेटिभ लि.को २५औं वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा पुन: महेशमान शाक्य चयन

ललितपुर महानगरपालिका-३, धोबिघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.को २५औं वार्षिक साधारण सभा ४ वर्षे कार्यकालका लागि पुन: महेशमान शाक्यको अध्यक्षता सञ्चालक समिति र कृष्ण शंकर संगतको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै शनिबार कुमारी पार्टी प्यालेस गा:बहालमा सम्पन्न भयो ‌‌।…

लोकेश्वर साकोसको पन्ध्रौं बार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा राजन जति पुन: चयन

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा नि:बर्तमान सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । उक्त संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरी धुनसँगै प्रमुख अतिथि…

सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-१५, चापागाउँ दोबाटोमा रहेको सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्ष दीपेन्द्ररमण डंगोलको अध्यक्षता र बागमती प्रदेश सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मीस्थान स्थित…

तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा असल सदस्यहरु सम्मान

काठमाडौंको नैकापमा मुख्य कार्यालय र लघुवित्त कार्यक्रम तथा कलंकीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना आफ्ना उत्कृष्ट २० जना असल सदस्यहरुलाई सम्मान गरेको छ । यही असोज ८ गते शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका…

पाँचतारा साकोसद्वारा जेष्ठ शेयर सदस्यहरुलाई दशैं भत्ता प्रदान

काठमाडौंको पेप्सीकोलास्थित सहकारी चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ७० वर्ष उमेर पुगेका ३५ जना जेष्ठ शेयर सदस्यहरुलाई रु.२ हजारका दरले दशैं भत्ता प्रदान गरेको छ । यही असोज ८ गते शनिबार सम्पन्न…

शुभकामना साकोसले दियो १५ प्रतिशत लाभांश

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय तथा नासमना र व्यासीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो संस्थाको गत…