Category समाचार

आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रति ली. ३ रुपैयाले घट्यो

नेपाल आयल निगम लि.ले आजबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति ली.३ रुपैयाका दरले मुल्य घटाएको जनाएको छ । शुक्रबार बसेको नेपाल आयल निगम लि.को सञ्चालक ह समितिको बैठकले उक्त निर्णय गरेको सो निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ…

दक्षिण बाराही महिला साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा यही मंसिर २४ गते शनिबार यचु पार्टी प्यालेस, शंखधर चोक , भक्तपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा भक्तपुर…

दिगो औद्योगिकरणका लागि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो औद्योगिकरणका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्छ र त्यसका लागि उद्योगी र किसान बीच आपसी समन्वय आवश्यक रहेको बताउनुभएको छ । ‌‌ विराट एक्सपोको उद्घाटन गर्दै उहाँले जोगबनी -बिराटनगर- किमाथान्का सडक निर्माण सम्पन्न भएपछि यो…

सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि., बलम्बुको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष धनकृष्ण महर्जनको अध्यक्षता तथा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा यही मंसिर २४ गते शनिबार त्रिशक्ति वैक्वेट , गुर्जुधारा, काठमाडौंमा सम्पन्न भयो…

कालीगण्डकी साकोसको आ.व. २०७९/०८० मा शेयर पूँजी रु.६,१०,००,००० पु-याउने लक्ष्य

कालीगण्डकी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो शेयर पूँजी रु.६,१०,००,००० र नाफा रु.१,५७,७४,००० पु-याउने लक्ष्य रहेको जनाएको छ । यही मंसिर २४ गते शनिबार मण्डप पार्टी हल , गोंगबु चोक , काठमाडौंमा सम्पन्न उक्त संस्थाको १७औं…

प्रतिनिधि सभामा उमेरमा जेष्ठ सदस्य पशुपति र कनिष्ठ सदस्य निषा

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम नतिजा निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ । नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरु मध्ये समानुपातिक तर्फबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा उमेरमा सबैभन्दा जबरा जेष्ठ र समानुपातिक तर्फबाट निर्वाचित राष्ट्रिय…

चोलेन्द्र शमशेर जबराद्वारा प्रधानन्यायधीश क्वाटर खाली , जबराको निबृत्तिभरण अन्यौलमा

निलम्बनकै अवस्थामा ६५ वर्षे उमेर हदका कारण मंगलबार प्रधानन्यायधीश पदबाट अनिवार्य अवकास पाएका चोलेन्द्र शमशेर जबराले बुधबार प्रधानन्यायधीश क्वाटर छाड्नुभएको छ तर उहाँको निवृत्तिभरण सहितको सेवा सुविधाको विषय भने अन्यौल देखिएको छ । महाअभियोग सम्बन्धी नयाँ ऐन बनी नसकेकोले अन्यौलको…

राष्ट्रपति समक्ष निर्वाचन आयोगले बुझायो प्रतिनिधि सभा निर्वाचनको मत परिणाम विवरण

केही बेर अगाडि आयोजित कार्यक्रमका बीच निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम विवरण राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिक…

निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन बुझाउने, प्रदेशका प्रमुखहरुलाई पुस २ गते बुझाइने

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश प्रदेश सभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रदेशका प्रमुखहरुलाई भने सो प्रतिवेदन पुस २ गते बुझाउने निर्वाचन आयोगले जनाएको छ ।…

नेपालमा श्रृङ्खलाबद्ध सवारी दुर्घटना कहिलेसम्म ?

नेपालमा सवारी दुर्घटना हुने क्रम जारी छ । यसैक्रममा गत सोमबार जाजरकोटको छेडागाडमा जीप दुर्घटना भएर छेडागाडका ९ र दैलेखको भगवतीमाई गाउँपालिकाका ३ गरी १२ जनाको ज्यान गएको र यसका कारण ५ बालबालिकाले अभिभावक गुमाएका छन् । यो घटनाको शोकमा…