Category राजनीति

संसदले सम्झिएन २०७८ जेठ ११ गते निधन भएका दिवंगत सांसद नरेन्द्र बस्नेतलाई

काठमाडौं / आजबाट सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित संघीय संसदको अधिवेशन शुरु भएको छ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भयो । यसैगरी प्रतिनिधिसभाको बैठकमा बिभिन्न मितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति…

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई सरकारमा सहभागी मन्त्रीलाई चित्त बुझाउन सकस

पोखरा / गण्डकी प्रदेशसभाबाट विपक्षमा २७ मत र सरकारको पक्षमा ३१ मत प्राप्त गरी विश्वास प्राप्त गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आफू नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी २ विना विभागीय मन्त्रीलाई चित्त बुझाउन सकस परेको देखिएको छ ।…

नेपाली काँग्रेसको भावी सभापतिका लागि नेताहरुको लविङ शुरु

काठमाडौं / आउदो भदौ १६ गतेदेखि १४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको नेपाली काँग्रेसको भावी सभापतिका लागि नेताहरु बीच अनौपचारिक छलफल शुरु भएको छ । सोो पार्टीका सभापति शेरबहादुर देउवा , बरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति बिमलेन्द्र निधिले भावी…

नेकपा नेता कमल घिमिरेको निधन

सिन्धुलीमाडी / नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य कमल घिमिरेको हिजो साँझ सिन्धुलीमाढी स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बिगत केही वर्षदेखि स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ उपचाररत रहदै आउनु भएको थियो । उहाँका श्रीमती ,…

मुलुकको राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रम गर्दै अखिल क्रान्तिकारी

काठमाडौं/ नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आयोजनामा मुलुकको राजनीतिक संकट र अबको विकल्प विषयक अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । भर्चुअल विधिबाट हुने अन्तर्क्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल , देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी.…

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभासद कृष्ण थापालाई दिएको अन्तरिम आदेश खारेज

राष्ट्रिय जनमोर्चाले कारवाही गरेका आफ्ना गण्डकी प्रदेश सभासद कृष्ण थापा माथि गरिएको कारवाही कार्यान्वयन नगर्न आफैले यस अगाडि दिएको अन्तरिम आज सर्वोच्च अदालतले आज खारेज गरेको जनाइएको छ । सर्वोच्च अदालतका न्यायधीसद्वय कुमार रेग्मी र विश्वम्भर श्रेष्ठको संयुक्त इजालासले उक्त…

पूर्व प्रधानमन्त्री खनालको नर्भिक अस्पतालमा उपचार हूदै

काठमाडौं / नेकपा(एमाले) का खनाल-नेपाल खेमाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि आज नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री खनाललाई अक्सिजन लगाएर उपचार गरिरहेको बताइएको छ…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा / लामो समयको रस्साकस्सी पछि अन्तत: नेपाली काँग्रेसका गण्डकीका प्रदेशसभाका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल केहीबेर अगाडि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । नेपालको संविधान ,२०७२ को धारा १६८(५) बमोजिम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री…

प्रधानमन्त्रीको हत्या गर्ने भन्ने अभिव्यक्ति आपत्तीजनक : एमाले , आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : सभासद वैद्य

काठमाडौं/ यही जेठ २८ गते बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा व्यक्त गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हत्या गर्ने भन्ने दिएको अभिव्यक्तिप्रति नेकपा(एमाले) ले आपत्ति जनाएको छ । सो पार्टीको ओली…