Category समाचार

मधेश प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिने

मधेस प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। नेकपा (एस)को तर्फबाट निर्वाचित सो सभाका जेष्ठ सदस्य गोविन्द न्यौपाने त्यस सभाका नवनिर्वाचित सदस्यहरुलाई मधेश प्रदेश सभा भवनमा दिउसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम…

अस्ताए महान फुटबलर पेले

ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा साउपाउलो अस्पतालमा मृगौला र प्रोष्टेडको उपचारको क्रममा निधन भएको छ । उनको निधनले संसारभरका फुटबल खेलाडी तथा फुटबलप्रेमीहरु स्तब्ध भएका छन् । उनको निधनप्रति लियोनल मेस्सी , क्रिष्टियानो रौनाल्डो , कूलियन एम्बाप्पे…

प्रधानमन्त्री प्रचण्ड कमरेड प्रचण्डबाट बदलिएर श्री प्रचण्डमा परिणत !

नेकपा (माके)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जोतिषीले जुराएको समयमा पुजापाठ गरेर बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभयो । पुजापाठ गरेर उहाँ परिवार सहित सरकारी निवास प्रवेश गरेको सञ्चार माध्यमबाट जानकारी पाएपछि यसलाई धेरै मानिसहरुले हसिमजाक गरिरहेका छन्…

राष्ट्रिय सहकारी बैंक लि.को ७ पदमा पुस १६ गते निर्वाचन हुने , उम्मेद्वारहरु मत माग्न व्यस्त

राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक समितिका ५ सदस्य र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पदमा २०७९ पुस १६ गते शनिबार निर्वाचन हुने भएको छ । सो बैंकको खुल्ला तर्फको ४ सञ्चालक पदमा माधव दुलाल , केदार मानन्धर , मनोज भण्डारी…

गण्डकी प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गरुङले गण्डकी प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमबार अपरान्ह ३ बजे आह्वान गर्नु भएको जनाइएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो विषय उल्लेख छ । यता आईतबारबाट विकसित नयाँ…

सहकारी अभियानद्वारा नवनियुक्त उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेललाई बधाई ज्ञापन

सहकारी अभियानले नवनियुक्त उप-प्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेललाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफलताको कामना गरेको छ । यही सोमबार उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री बनेका पौडेललाई मंगलबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेल नेतृत्वको सहकारी अभियानको टोलीले…

राष्ट्रपति भण्डारीद्वारा पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन २०७९ पुस २५ गते दिनको १ बजे आह्वान गर्नु भएको जनाइएको छ । सो दिन संघीय संसदका दुबै सदनको पहिलो बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको…

राष्ट्रपति भण्डारीबाट लिनु भो प्रचण्डले प्रधानमन्त्रीको सपथ , ८ सदस्यीय मन्त्रीपरिषद गठन

आईतबार ७ दलका १६६ र ३ स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा जुटाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा…

जेष्ठ सदस्य मण्डलबाट १ न. प्रदेश सभा सदस्यले लिए पद तथा गोपनियताको सपथ

नवनिर्वाचित १ नं. प्रदेश सभाका सदस्यहरुले आज सोही प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मोरङ क्षेत्र नं.५(क)बाट निर्वाचित नेपाली कांग्रेसका ७९ वर्षीय मण्डलले उक्त प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही प्रदेश सभा सदस्यको…

प्रचण्डको प्रधानमन्त्री पदको सपथग्रहण अपरान्ह ४ बजे, आजै सानो आकारको मन्त्रीपरिषद गठन हुने

मुलुकको ४४औं प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति भवन शीतल निवासमा हुने सो सपथ ग्रहणसँगै आजै प्रधानमन्त्री…