Category समाचार

पोखरा-मुग्लिन सडकको आँबुखैरेनीमा सडक भासिदा यात्रु अलपत्र

दमौली/ पोखरा-मुग्लीन सडकको तनहुँको आँबुखैरेनीको पावर हाउस नजिकको सडक भासिएपछि दुबै तर्फका यातायातका साधन बीच बाटोमे रोकिएको बताइएको छ । जसका कारण यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । सो बाटोमा यातायातका साधन सञ्चालनको प्रबन्ध गर्ने गरी कार्य शुरु भएको…

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने गरी भयो १९ बुँदे सहमती

काठमाडौं/ काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने गरी काठमाडौं महानगरपालिका तथा ककनी गाउँपालिका र धुनिबेशीं नगरपालिकाका जनप्रतिनिधि बीच बिहीबार राती १९ बुँदे सहमती भएको छ । यो सहमतीसँगै आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्न शुरु हुने बताइएको छ । उक्त…

सरकारी पक्ष र बञ्चरे डाँडा सरोकार समितिका प्रतिनिधि बीच आज बार्ता

काठमाडौं/ आफूहरु माथि उत्पीडन भएको भन्दै आन्दोलन गरेर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न अवरोध गरिरहेका बञ्चरेडाँडा सरोकार समितिलाई सरकारले बार्ताका लागि बोलाएपछि आज सरकारी पक्ष र आन्दोलनरत बञ्चरेडाँडा सरोकार समितिका प्रतिनिधि बीच बार्ता हुने भएको छ तर शहरी विकास मन्त्री…

निर्वाचन आयोगले आउदो असार १ गतेबाट मतदाता नामावाली संकलन गर्ने

काठमाडौं/ निर्वाचन आयोगले आउदो असार १ गतेबाट पुन: मतदाता नामावली संकलन गर्ने भएको छ । गत बैशाख सम्पन्न स्थानीय तहको मिति घोषणा भएपछि गत माघ २५ गतेबाट मतदाता नामावली संकलन कार्य बन्द भएको थियो । सो आयोगद्वारा जारी सूचनामा नेपाली…

साताव्यापी कार्यक्रम गरी मनाइयो शुभकामना साकोसको २२ स्थापना दिवस

भक्तपुर/ आफ्नै भवनबाट सञ्चालन भइरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थाथपा दिवस साताव्यापी बिभिन्न रचानात्मक कार्यक्रम गरी मनाइएको छ । भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको सो संस्थाको २२औं स्थाथपना दिवसको अवसरमा…

छात्रवृत्तिका लागि निवेदन पेश गर्न ललितपुर महानगरपालिकाको अनुरोध

ललितपुर/ ललितपुर महानगरपालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरुलाई आउदो असार ७ गते भित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त महानगरपालिकाद्वारा सोमबार जारी गरिएको सूचनामा सो निवेदन ललितपुर महानगरपालिकाको शिक्षा शाखामा बुझाउनु पर्ने उल्लेख छ ।

काठमाडौं उपत्यकाका सडकमा थुप्रिएकौ फोहोर आजबाट उठाइदै

काठमाडौं/ नुवाकोटको सिस्डोलबासीको आन्दोलनका कारण केही दिनदेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन शुरु गरिएको छ । सोमबार शहरी विकास मन्त्री रामकुमारी झाक्रीको रोहबरमा शहरी विकास मन्त्रालय , काठमाडौं महानगरपालिका , ललितपुर महानगरपालिका , धुनिवेशीं नगरपालिका र ककनी गाउँपालिका प्रतिनिधि…

सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन हुने आधार देखिदैन ।

—आर.बी. भण्डारी , उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी २०७९ जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र त्यसैमा आधारित रहेर २०७९ जेठ १५ गते अर्थ मन्त्री जनार्दन शर्माले संघीय…

असार १ गतेबाट आईतबार सार्वजनिक बिदा नहुने

काठमाडौं/ नेपाल सरकारले १ महिना पनि बित्न नपाउदै आइतबारको सार्वजनिक बिदा खारेज गरेको छ । चौतर्फी बिरोध भएपछि आज बसेको मन्त्री परिषदको बैठकले आउदो असार १ गतेदेखि आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको खबर सार्वजनिक भएको छ । आजै आईतबार…

खानेपानीको प्रति जार रु.१० का दरले बढ्यो मुल्य , प्रभावकारी बजार अनुगमन नहुँदा कृतिम अभावमा बृद्धि

काठमाडौं/ खानेपानी कम्पनीहरुले प्रति जार खानेपानीको रु.१० का दरले मुल्य बृद्धि गरेका छन् । उनीहरुले प्रति जार रु.२५ का दरले पसलमा खानेपानीको मुल्य बृद्धि गरेका छन् भने पसलेहरुले उपभोक्तालाई रु.१० नै प्रति जार खानेपानीको मुल्य बढाएका छन् । जारको पानीमा…