Avatar photo

Arjun Karki

अग्रज महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको चाँगुनारायण नगरपालिकाको पिखेलमा केन्द्रीय कार्यालय र छालिङमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल रेडक्रस सोसाइटी , भक्तपुर शाखाको समन्वयमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।…

अधिकांश स्थानमा देउवा र ओली गठबन्धनका उम्मेद्वारहरु वीच कडा प्रतिस्पर्धा हुने

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै उम्मेद्वारहरु मतदाताहरुका पुग्ने र मत माग्ने क्रम तीव्र ढंगबाट अगाडि बढिरहेको छ तर यो निर्वाचनमा देउवा र ओली नेतृत्वका दलहरुको गठबन्धनका उम्मेद्वारहरु बीच एकाध बाहेकका सबैजसो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने जानकारहरु बताउछन्…

ऋषि कट्टेल नेतृत्वको नेकपाको रुपन्देही जिल्ला संयोजन समिति गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला समिति पुनर्गठन भएको छ । सो पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीको प्रमुख आतित्यतामा २०७९ कार्तिक २७ गते आईतबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले दिलिपकुमार शर्मा पौडेलको संयोजकत्वमा ११ सदस्यीय रुपन्देही जिल्ला संयोजन समिति निर्माण…

काठमाडौंमा ३ कम्युनिष्ट पार्टीको निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कारको घोषणा गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको आयोजनामा बिहीबार काठमाडौंमा ‘मंसिर ४ कथित चुनावको विरुद्ध भण्डाफोर…

मोरङ क्षेत्र नं.३(क)मा लिम्बुको उम्मेद्वारी विरुद्ध नेपाली कांग्रेस भित्रै असन्तुष्टी

१ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री तथा मोरङको क्षेत्र नं ३ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेद्वार शेखरचन्द्र थापाको बुधबार उपचारको क्रममा निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा बेलबारी नगरपालिका -८ निवासी आफ्नो पार्टीका…

मन्त्री थापाको निधनको शोकमा १ नं. प्रदेशमा भोलि सार्वजनिक बिदा हुने

विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारको क्रममा आज निधन भएका १ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनको शोकमा १ नं. प्रदेश सरकारले २०७९ कार्तिक २४ गते बिहीबार १ दिन १ नं. प्रदेशमा सार्वजनिक बिदा…

चुनावले माला र खादाको बढ्यो खपत , झण्डा , व्यानर र व्याज बनाउनेलाई भ्याईनभ्याई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधि ह्वात्तै बढेको छ । मतदाता समक्ष मत माग्न पुग्ने उम्मेद्वारलाई समर्थक र सुभेच्छुकहरुले फुलको माला र खादा लगाई दिने होड चल्दै गएकोले यतिबेला अरु बेलाको…

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु, ५ घाइते

गए राती ९ बजेर ७ मिनेट जादा डोटीको खप्तड निकुञ्ज आसपास केन्द्रविन्दु भएर ५.७ र गए राती २ बजेर १२ मिनेट जादा बझाङको कालाखेती आसपास केन्द्र विन्दु बनाएर ६.६ रेक्टर स्केलका गरी सुदूर पश्चिम क्षेत्रमा २ पटक भूकम्प गएको भूकम्प…

ललितपुर महानगरपालिकाको २०७९ मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन

ललितपुर महानगरपालिका , सहकारी शाखाले २०७९ मंसिर ४ गतेसम्म वार्षिक साधारण सभा नगर्न आफ्नो नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । उक्त शाखाद्वारा जारी सूचनामा सो विषय उल्लेख छ । यही कार्तिक २१ गते बागमती प्रदेश सरकार ,…