Category समाचार

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुला डा सिल्भाको राष्ट्रिय एकतामा जोड

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रिय एकतामा जोड दिनुभएको छ । मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले मैले शासनसत्ता सञ्चालन गर्ने भनेको मलाई भोट दिनेहरुका लागि मात्रै नभई २१ करोड ब्राजिलियन नागरिकहरुका लागि हो । हामी एउटै ब्राजिल…

लोकतान्त्रिक पार्टी र उम्मेद्वारहरुलाई मतदान गर्न नेपाली लेखक सङ्घको आग्रह

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक पार्टी र उम्मेद्वारहरुलाई मतदान नेपाली लेखक सङ्घले मतदाताहरुलाई आग्रह गरेको छ । सो सङ्घले आज प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै शुरु भो छठ

केही बेरअघि नदी , पोखरी , तलाऊ र पोखरी अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै छठको ब्रत शुरु भएको छ । चौथी तिथिसँगै छठको ब्रत लिने चलन छ । विशेषत: तराईमा धुमधामसँग मनाइने छठ पर्व केही वर्षयता काठमाडौं उपत्यकामा पनि धुमधामसँग मनाउन…

गोरु, हली र गोवर्दन पुजा गरिदै , कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने

आज तिहारको चौथो दिन गोरु, हली र गोवर्द्धन पुजा गरिदै छ । प्रविधिको विकास नहुदासम्म कृषि उत्पादनमा महत्व गोरु र हलीको योगदान महत्वपूर्ण रहेको छ । जमिन जोत्न महत्पूर्ण भूमिका रहने गरेका कारण ‘ विशेषत: पूर्वी पहाडका कतिपय गाउँघरमा ‘बाबुआमा…

आजबाट नेपाल संवतको नव वर्ष ११४३ शुभारम्भ

नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत ११४३ को नव वर्ष ११४३ आजबाट शुभारम्भ भएको छ । नव वर्षको उपलक्ष्यमा एक अर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य गरिरहेका छन् , यसमा पनि नेवार समुदायले यो सम्वतको नव वर्षलाई विशेष पर्वको…

महाकवि देवकोटा र इतिहास शिरोमणि आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा र इतिहास शिरोमणि बाबुराम आचार्यलाई राष्ट्रिय विभूति बनाउन माग गरिएको छ । महाकवि देवकोटाको ११४औं जन्मजयन्ती , रत्न पुस्तकालयको हिरक महोत्सव तथा रत्न रक्तकोषको ४१औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको मध्यबानेश्वर स्थित रत्नराज्य मा.वि. परिसरमा आयोजित कार्यक्रमका…

ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री

भारतीय मुलका ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री बन्नुभएको छ । सोमबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको दलको नेता चुनिएका सुनक आज बकिङ्घम दरबारमा संयुक्त अधिराज्यका राजा चाल्ससँगको भेटपछि बेलायतको प्रधानमन्त्री नियुक्त हुनुभएको सञ्चार माध्यमहरुले जनाएका छन् । भेटका क्रममा राजा चल्सले सुनकलाई…

अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको सिद्धिपुरमा प्रधान कार्यालय र ठैंवमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । बिगतका वर्षहरु भन्दा यस पटक अलि फरक ढंगबाट सम्पन्न सो साधारण सभा सोही संस्थाका…

क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमती

नाबालिका बलात्कारको आरोपमा गत असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसाला, काठमाडौंमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई अनुसन्धानका लागि आज चौथो पटक थप २ दिन प्रहरी हिरासतमा राख्न नेपाली प्रहरीलाई काठमाडौं जिल्ला अदालतले…

सी जिन पिङ चिनीया कम्युनिष्ट पार्टीको पुन: महासचिव चयन

चिनीया कम्युनिष्ट पार्टीको जारी २०औं महाधिवेशनले चिनीया राष्ट्रपति सी जिन पिङ पुन: तेश्रो कार्यकालका लागि चिनीया कम्युनिष्ट पार्टीको महासचिव चयन गरेको बताइएको छ । सन् २०२२ अक्टोबर १६ बाट बेजिङमा शुरु भएको उक्त महाधिवेशनले सी विचारधारालाई थप मजबुत बनाउने निर्णय…