Category समाचार

बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउने प्रयासमा दलहरु

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फका आफ्ना आधिकार उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन राजनीतिक दलहरुले कसरत गरिरहेको देखिएको छ । देउवा नेतृत्वको ५ दलीय सत्ता गठबन्धन र…

रुपन्देही-५ मा एमालेका बाशुले आधिकारिकता पाउदा खिमलाल हिस्स

रुपन्देहीको क्षेत्र नं.५ मा नेकपा (एमाले) का उम्मेद्वार बाशुदेव घिमिरेलाई अगाडि मनोनयन दर्ता गरेको भन्दै निर्वाचन आयोगले आधिकारिता दिएपछि सोही पार्टीका अर्का उम्मेद्वार खिमलाल भट्टराई हिस्स पर्नु भएको छ । राष्ट्रिय सभा सदस्य पदबाट राजिनामा दिएका नेकपा (एमाले)का नेता खिमलाल…

सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेको उमेर १८ वर्ष माथि रहेको प्रमाण प्राप्त भयो : अधिवक्ता रिजाल

१८ वर्ष भन्दा कम उमेरकी नावालिका माथि बलात्कार गरेको आरोपमा आफू विरुद्ध जाहेरी परेपछि महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेले २ वटा जन्मदर्ताको प्रमाण-पत्र र जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि बनाएको प्रमाण हामीहरुले प्राप्त गरेकोले…

आज ३ बजेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वार विरुद्ध उजुरी गर्न सकिने

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ आइतबार मनोनयन भएका उम्मेद्वार विरुद्ध आज ३ बजेसम्म दाबी बिरोध गर्ने समय निर्वाचन आयोगले तय गरेको छ । आईतबार प्रतिनिधि सभा र प्रदेश सभाको…

क्रिकेटर सन्दीप लामिछानेलाई असोज २७ गतेसम्म हिरासतमा राख्न अदालतको आदेश

नावालिका बलात्कारको आरोपमा यही असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसालामा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई यही असोज २७ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमती प्रदान गरेको छ ।…

एमाले नेता ढुंगेलको पार्थिव शरीर पोसमार्टमको लागि लगियो

आफ्नै घरमा मृत फेला परेका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेलको पार्थिव शरीर पोसमार्टमका लागि लगिएको छ । केहीबेर अघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७, थापाचोकमा रहेको ढुंगेलको आफ्नै घरबाट सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव…

सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-१५, चापागाउँ दोबाटोमा रहेको सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्ष दीपेन्द्ररमण डंगोलको अध्यक्षता र बागमती प्रदेश सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मीस्थान स्थित…

जसपा ५ दलीय सत्ता गठबन्धनबाट अलग्गिने !

५ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न नसकिरहेको बेला त्यही गठबन्धनको एक घटक जनता समाजबादी पार्टी, नेपाल उक्त गठबन्धनबाट अलग्गिन सक्ने अबस्था निर्माण हुदै गएको बताइएको छ । सो गठबन्धन भित्र आफू माथि सम्मानजनक व्यवहार नभएकोले यो अबस्था बनेको…

असोज २० गते नेपाल फर्किने सन्दीप लामिछानेको भनाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किएर आफू माथि लागेको नाबालिका बलात्कारको आरोप बिरुद्ध कानुनी लडाई लढ्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सो जानकारी दिनु भएको हो । लामिछानेको…

शुभकामना साकोसले दियो १५ प्रतिशत लाभांश

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय तथा नासमना र व्यासीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो संस्थाको गत…