Category राजनीति

भक्तपुर क्षेत्र नं.१ मा नेमकिपाका प्रेम र क्षेत्र नं.२ मा कांग्रेसका दुर्लभ विजयी

भक्तपुरका दुबै क्षेत्रको प्रतिनिधि सभा निर्वाचनको मत गणना सकिदा क्षेत्र नं.१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निकटतम प्रतिद्वनदी नेकपा (एमाले)का नवराज गेलाललाई ३०,७९३ मतान्तरले पछि पारी पुन: विजयी हुनुभयो भने भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका दुर्लभ थापा…

प्रतिनिधि सभाको ८० स्थानको मत परिणाम घोषणा हुदा ४ महिला उम्मेद्वार मात्र विजयी

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये यसबेलासम्म ८० स्थानको मत परिणाम घोषणा भएको छ । यसमध्ये ३ वटा राजनीतिक दलका ४ जना महिला उम्मेद्वार मात्रै जित्न सफल हुनुभएको छ । जसमा नेकपा (एमाले)की विद्या भट्टराई कास्की क्षेत्र नं.२ , नेकपा (माके)की…

पार्टी भित्रको असन्तुष्टिले कांग्रेसका के.सी. एमालेका राईसँग पराजीत

नेपाली कांग्रेस भित्रको असन्तुष्टि र आफूभित्रको आन्तरिक एकताले गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सोलुखुम्बुमा २०४६ सालपछि पहिलो पटक नेकपा (एमाले)ले जितेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री बलबहादुर के.सी.लाई भारी मतान्तरले पराजीत गरी नेकपा (एमाले)का…

निर्वाचन आयोगले रोक्न खोज्यो तर मतदाताले बनाए डा. तोसिमा कार्कीलाई प्रतिनिधि सभा सदस्य

निर्वाचन आयोगले रोक्न खोजेपनि अन्तत: ललितपुर क्षेत्र ३ का मतदाताले अपार माया गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. तोसिमा कार्कीलाई प्रतिनिधि सभा सदस्य बनाएका छन् । पाटन अस्पतालको जनरल सर्जनको जागिर छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि…

रास्वपा ,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाए , राप्रपा पनि बलियो बन्दै

गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र जेलमा रहेका नि:बर्तमान सांसद रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिको रुपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र…

एमाले काठमाडौं उपत्यकामा निरिह , नेकपा (माके) र नेकपा (एस) परेनन् मतदाताको रोजाईमा

आफूलाई मस्सुर सिंह ठान्ने नेकपा (एमाले) गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फको निर्वाचनमा भने काठमाडौं उपत्यका निरिह बनेको छ । पार्टी भित्रको अन्तरविरोधलाई समाधान नगरी चुनावमा होमिएको नेकपा (एमाले)का काठमाडौं क्षेत्र नं.९ का कृष्णगोपाल श्रेष्ठ ,…

डडेलधुराबाट प्रधानमन्त्री देउवाको लगातार ७औं जीत

भारी मतान्तरमा डडेलधुराबाट प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा पुन: विजयी हुनुभयो । २०४६ सालको राजनीतिक परिवर्तन पछिका दुई पटकको संविधान सभाको चुनाव सहित प्रतिनिधि सभाको सबै चुनावमा देउवा विजयी हुनुभएको छ । उहाँले २५,५३४ मत…

ललितपुर २ को प्रदेश सभा (क) म श्रेष्ठ र (ख) मा चित्रकार विजयी

ललितपुरको क्षेत्र नं.२ को प्रदेश सभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ ८,२९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाका पूर्व मेयर समेत रहेका श्रेष्ठलाई पछ्याएका राप्रपाका धनराम के.सी.ले ६,८५१ मत प्राप्त गर्नुभयो । यता ललितपुरको क्षेत्र…

मनाङको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हिमाल पारिको जिल्ला मुस्ताङबाट विजयको खाता खोलेको नेपाली कांग्रेसले हिमाल पारिको अर्को जिल्ला मनाङको प्रतिनिधि सभा सदस्यमा पनि विजय हासिल गरेको छ । पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २,५७५…

ललितपुर २ बाट एमाले खोल्यो प्रतिनिधि सभा सदस्यमा विजयको खाता

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यमा विजयको व जयको खाता खोलेको छ । सो क्षेत्रबाट नेकपा (एमाले) प्रेम महर्जन १५,०२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका चुनावी प्रतिस्पर्धी हाम्रो नेपाली…