Category समाज

लामो समयदेखि फोहोर नउठ्ता पुन: महामारी फैलिने त्रासमा काठमाडौं महानगरबासी

महामारीको रुपमा फैलिएको डेंगुले सताइरहेको बेला बडादशैं यता काठमाडौं महानगरपालिकाले फोहोर नउठाउदा काठमाडौं महानगरबासीमा पुन: महामारी फैलिने हो कि भन्ने त्रास उत्पन्न भएको देखिएको छ । बडादशैंयता फोहोर लिन महानगरपालिकाको गाडी नआएको कोटेश्वरबासीहरुको भनाई छ । घरमा थुप्रिएको फोहोर राख्ने…

क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमती

काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमती दिएको छ । नावालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त , गौसलामा यही असोज २० गतेदेखि प्रहरी हिरासतमा रहेका…

सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेको उमेर १८ वर्ष माथि रहेको प्रमाण प्राप्त भयो : अधिवक्ता रिजाल

१८ वर्ष भन्दा कम उमेरकी नावालिका माथि बलात्कार गरेको आरोपमा आफू विरुद्ध जाहेरी परेपछि महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जाहेरी दिनेले २ वटा जन्मदर्ताको प्रमाण-पत्र र जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि बनाएको प्रमाण हामीहरुले प्राप्त गरेकोले…

क्रिकेटर सन्दीप लामिछानेलाई असोज २७ गतेसम्म हिरासतमा राख्न अदालतको आदेश

नावालिका बलात्कारको आरोपमा यही असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसालामा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई यही असोज २७ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमती प्रदान गरेको छ ।…

असोज २० गते नेपाल फर्किने सन्दीप लामिछानेको भनाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किएर आफू माथि लागेको नाबालिका बलात्कारको आरोप बिरुद्ध कानुनी लडाई लढ्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सो जानकारी दिनु भएको हो । लामिछानेको…

हरिकृष्ण कार्की सर्वोच्च अदालतको का.मु. प्रधानन्यायधीश

कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण आईतबारबाट सेवा निबृत्त भएसँगै सर्वोच्च अदालतका बरिष्ठतम न्यायधीश हरिकृष्ण कार्की आजबाट कायममुकायम प्रधानन्यायधीश बन्नु भएको छ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आउदो मंसिर २७ गते ६५ वर्षे उमेर हदका कारण…

काठमाडौं महानगरपालिकाले दिनको दुई घण्टा सडकमा व्यापार गर्न दिनु पर्ने सडक व्यापारीहरुको माग

काठमाडौं महानगरपालिकाले सडकबाट हटाएपछि बिस्थापित भएका सडक व्यापारीहरुले आफूलाई कि त रोजगार दिनु परो, कि त दिनको दुई घण्टा सडकमा व्यापार गर्न दिनु परो भनी आज काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरी धर्ना दिए । विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले हामीलाई अफिस…

काठमाडौंका मुख्य बजारका सडकमै पार्किङ

काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गर्ने भनिरहदा काठमाडौंकै बजार लगायतका मुख्य बजारका सडकमै सवारी पार्किङ भइरहेका छन् । यसले सडकमा मानिसहरुलाई हिडडुल गर्न समस्या हुनुका साथै सडकमा सवारी जाम हुने गरेको छ । यसरी मुख्य बजारकै सडकमा भइरहेको…

सर्वोच्च अदालतका न्यायधीशहरु बयान दिन महाअभियोग सिफारिस समितिमा नजाने फुलकोर्टको निर्णय

सर्वोच्च अदालतका न्यायधीशहरुको फुल कोर्टको बैठकले सर्वोच्च अदालतका न्यायधीशहरु महाअभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय महाअभियोग सिफारिस समितिलाई जानकारी गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा सांसदहरका प्रश्नहरुको जवाफ दिने क्रममा…

सामाजिक सञ्जालमा जथाभावी भ्रामक प्रचार गर्नेलाई साइबर व्युरोले कार्वाही गर्ने

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जथाभावी भ्राभमक प्रचार गर्नेलाई कारवाही गर्ने बताएको छ । सो व्युरोले कुनै त्यस्तो सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ । उक्त व्युरोले ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने…