Category समाचार

बागमती प्रदेश सहकारी संघ लि.ले ५ वटा जिल्लामा अन्तर-संवाद कार्यक्रम सम्पन्न ग-यो : महर्जन

बागमती प्रदेश सहकारी संंघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले सहकारी संंस्थाहरुमा सुशासन, सहकारीका सदस्यहरुमा जागरण र सहकारी संघहरुमा सुदृढीकरणको निम्ति बागमती प्रदेश सहकारी संघ लि.ले बागमती प्रदेशका ५ जिल्लामा सहकारी अन्तर-संवाद कार्यक्रम सम्पन्न गरेको बताउनुभएको छ । सहकारीको वर्तमान अवस्था…

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.पनि समस्याग्रस्त घोषणा

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संंस्था लि.लाई पनि समस्याग्रस्त घोषणा गरि समस्याग्रसत सहकारी व्यवस्थापन समितिमन पठाउने निर्णय गरेको जनाएको छ । सहकारी विभागका रजिष्टारको प्रस्तावमा उक्त निर्णय गरेको सोही…

सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.मा तरलता २० प्रतिशत छ : श्रेष्ठ

ललितपुरको लुभुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संंस्था लि.मा २० प्रतिशत तरलता रहेको सोही संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७, ८, ९ र १० मा कार्यक्षेत्र रहेको हाम्रो…

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री पुनबीच अर्थतन्त्र सुधारको विषयमा छलफल

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच आज मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका…

प्रथम सहकारी डिजिटल कन्क्लेभको तयारी पूरा

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले २०८० चैत्र १ र २ गते काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति ह‍ोटलमा हुन लागेको प्रथम सहकारी डिजिटल कन्क्लेभको तयारी पूूरा भएको जनाएको छ । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा मुख्य बक्ता रहने उक्त कन्क्लेभमा ५ वटा कार्यपत्र…

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल विजयी

सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माके)का उम्मेद्वार नारायण दाहाल नेपाली कांग्रेसका उम्मेद्वार युवाराज शर्मालाई पराजित गरी राष्ट्रिय सभाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित दाहालले नेकपा (माके), नेकपा (एमाले), नेकपा (एस) र जनता समाजवादी पार्टी,नेपालका गरि…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आय‍ोजनामा आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि, च्यामासिङ्, भक्तपुरको तालिम हलमा यही फाल्गुण २७ र २८ गते दुई दिवसीय आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न भयो । सो अवसरमा उक्त…

१६ वर्ष भन्दा कम उमेरका व्यक्तिले राष्ट्रिय परिचयपत्र नं. सहितको जन्म दर्ता प्रमाणपत्र पाउने

गृह मन्त्रालयले १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्म दर्ता गर्दा राष्ट्रिय परिचयपत्र नं. सहित जन्म दर्ता प्रमाण पत्र जारी गर्न भनेको छ । सबै स्थानीय तह, अनलाइन घटना दर्ता प्रणाली सञ्चालन भएका सबै तथा नेपाली कुटनीतिक नियोग, घटना दर्ता गर्न…

सरकार र मिटरव्याज पीडित बीच ४ बुँदे सहमती,अनुचित लेनदेन विरुदध जाँचबुझ आयोग बन्ने

सरकार र आन्दोलनरत मिटरव्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपाल बीच आज साझ ४ बुँदे सहमती भएको छ । दुबै पक्षका वार्ता ट‍ोलीवीच विभिन्न चरणका वार्ता र छलफलपछि गृह मन्त्रालयमा सो सहमती भएको जनाइएको छ । उप-प्रधानमन्त्री तथा…

राष्ट्रिय सभाको अध्यक्ष पदको निवार्चन फाल्गुण २९ गते हुने , अध्यक्षमा दाहाल र शर्मा भिड्ने

रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन यही फाल्गुण २९ गते मंगलबार दिउँसो हुने संघीय संंसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको निर्देशन बमोजिम सो कार्यतालिका सार्वजनिक गरैको बताइएको छ । राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा (माके)ले…