Category समाचार

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

वित्तीय तथा वित्तीय शोषण विरुद्ध काठमाडौंको माइतीघरमा व्यापक विरुद्ध प्रदर्शन भइरहेको छ । वित्तीय संस्था विरुद्धको संघर्घ समिति नेपालको नेतृत्वमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । त्यसक्रममा एक जना प्रदर्शनकारी बेह‍ोस भएका थिए ।

४१औँ वी.पी.स्मृति दिवसको अवसरमा इनरुवामा वी.पी. कोइरालाको शालिक उद्घाटन

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार वी.पी. कोइरालाको ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । यसै सन्दर्भमा शनिबार सुनसरी जिल्ला सदरमुकाम इनरुवामा उहाँको पूर्णकदको शालिक नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो…

प्रचण्डले नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पने काम गरे : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रचण्डले विद्युत व्यापारको नाममा नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पेर आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवसको अवसरमा स‍ो पार्टीको आयोजनामा आज ललितपुरको भैंसेपाटीमा सम्पन्न स्मृति सभामा मन्तव्य व्यक्त…

नवरत्न साकोसको आ.व.२०७९/०८०को मुनाफा रु.८५ लाख

तरलता व्यवस्थापनको असहज स्थितिमा पनि गोदाबारी नगरपालिकाका-३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० भएको आर्थिक कारोबारबाट रु.८५ लाखभन्दा बढी मुनाफा आर्जन गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई…

सहकारीको सिद्धान्त अनुसार चलेका सहकारी संघ/संस्थाको खाताबन्दी उत्साहपूर्वक सम्पन्न

सहकारीको बारेमा नकारात्मक चर्चापरिचर्चा भइरहेका बेला सहकारीको सिद्धान्त, मूल्य र मान्यता अनुसार चलेका सहकारी संघ/संस्थाहरुको आर्थिक वर्ष २०७९/०८० को खाताबन्दी (Closing) भने उत्साहजनक ढंगबाट सम्पन्न भएको देखिएको छ । यसले ती संघ/संस्थाहरुका सदस्यहरुमा पुन: आशाको सञ्चार गर्नुका साथै एकाध घटनालाई…

भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुने, आज कर्कट संक्रान्ति

भोलिबाट मलमास या पुरुषोत्तममास शुरु हुन बताइको छ । एकै महिनामा दुईवटा औंशी तिथि तथा संक्रान्ति र औंंशी तिथि एकै दिन पर्दा त्यस महिनाभर मलमास या पुरुषोत्तममास रहने चलन रहेकोले भोलिबाट मलमास या पुरुषोत्तममास आरम्भ भइ यो महिनाभर मलमास या…

भरे मध्यरातीबाट पेट्रोलियम पद्धार्थको मूल्य घट्ने

नेपाल आयल निगम लिमिटेडले भरे मध्यरातीबाट पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एल.पी. ग्यासको मुल्य घटाउन लागेको जनाएको छ । पेट्रोलमा प्रति ली. रु.६, डिजेल र मट्टितेलमा प्रति ली.रु..४/४ र खाना पकाउने एल.पी. ग्यासमा प्रति सिलिण्डर रु.१० का दरले मुल्य…

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको अन्तरिम प्रतिवेदन कार्यान्वयनको माग

सरोकारवालाहरुले सहकारी क्षेत्रका समाधानका लागि सुझाव पेश गर्न नेपाल सरकार, मन्त्रीपरिषदले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० ले नेपाल सरकारलाई बुझाएको अन्तरिम प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् । सो कार्यदलले सहकारी क्षेत्र सुधारका लागि नेपाल सरकारलाई २७…

समाजवादी मोर्चाको नेतृत्व ४/४ महिनामा बदलिने

नेकपा (माके), जनता समाजवादी पार्टी नेपाल , नेकपा (एस) र विप्लव नेतृत्वको नेकपा रहेको समाजवादी म‍ोर्चाको बैठकले उक्त मोर्चाको नेतृत्व ४/४ महिनामा बदल्ने निर्णय गरेको जनाइएको छ । नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको त्यस बैठकले…