Avatar photo

Arjun Karki

महालक्ष्मी नगरपालिकाको नगर सभा आज र भोलि

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिकाको नगर सभा आज र भोलि हुने सो नगरपालिकाले जनाएको छ । उक्त नगर सभाका कारण त्यस नगरपालिकाको सेवा प्रभावित हुने त्यसै नगरपालिकाका प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ ‌।

काठमाडौं उपत्यकामा ट्राफिक जाम हटाउन र साइकल ल्यानको बढ्यो माग

काठमाडौं/ काठमाडौं उपत्यकाका सडकका चोक-चोकमा ट्राफिक जामको समस्या झेल्दै आएका मानिसहरुले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने आवाज धेरै पहिलेदेखि उठाउदै आएको छन् ‌‌‌‌‌तर त्यसको सुनुवाई भने नभएको सरोकारवालाहरुको गुनासो छ । काठमाडौंको कोटेश्वरमा कपडा…

श्रीमती शोभाको निधनले नेमकिपा अध्यक्ष बिजुक्छे शोकमा

भक्तपुर/ बुधबार अपरान्ह ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका क्रममा श्रीमती शोभा प्रधानको असामयिक निधन भएपछि यतिबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र उहाँको परिवार शोकमा छ । पूर्व शिक्षिका समेत रहेकी शोभा प्रधानको निधनप्रति नेपाल मजदुर किसान…

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले डी.ए.पी. मल विक्री गर्दै

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका-४, थानाबजारमा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्य रहेका किसानलाई डी.ए.पी. मल विक्री गर्ने जनाएको छ । सिमित मात्रामा डी.ए.पी. मल आइपुगेकोले कार्यालय समय भित्र उक्त संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्रबाट अति…

राष्ट्रिय विभूतिको सूचीमा थपिए जयपृथ्वी बहादुर सिंह

काठमाडौं/ नेपाल सरकारले समाजसेवा , नेपाललाई विश्वमा चिनाउन शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको जनाइएको छ । नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका…

आउदो असार ९ गते राष्ट्रिय कविता महोत्सव हुने

काठमाडौं/ यही आउदो असार ९ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान महोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७९ आयोजना हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा प्रेक्षालयमा बिहान १०:३० बजेदेखि सो महोत्सव शुरु हुने जनाइएको छ ।

जग्गाको दृष्टिबन्धक रोक्का गर्ने मन्त्री स्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं/ सर्बोच्च अदालतले नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी जग्गाको बर्गिकरण गर्न जग्गाको दृष्टिबन्धक रोक्का गर्ने यही जेठ २७ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।…