नेफस्कूनको ३१औं वार्षिक साधारण सभा सम्पन्न , सहकारी नीति , २०७९ स्वीकृतिको चरणमा छ : मन्त्री श्रेष्ठ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो साधारण सभाको भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो…













