Avatar photo

Arjun Karki

स्वीट्जरल्याण्डलाई ६-१ गोल अन्तरले हराएर पोर्तुगल क्वाटरफाइनल प्रवेश, गोन्सालो रामोसको ह्याट्रिक

कतारमा जारी २२औं संस्करणको फिफा फुटबलको नकाउट चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६_१ गोल अन्तरले पराजित गरी पोर्तुगल क्वाटर फाइनल प्रवेश गरेको छ । गए राती १२:४५ बजेदेखि समूह ‘एच’ को विजेता पोर्तुगल र समूह ‘जी’ उप-विजेता स्वीट्जरल्याण्ड बीच भएको नकाउट…

कतार फिफा विश्वकपमा पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर मोरोक्को क्वाटर फाइनल प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई हराएर अफ्रिकन टोली मोरोक्को ३६ वर्षपछि पहिलो पटक क्वाटर फाइनल प्रवेश गरेको छ । केही बेर अगाडि कतारको एजुकेशन स्टेडियममा सम्पन्न समूह ‘एफ’को विजेता मोरोक्को…

समानुपातिक तर्फको मतगणना पनि सकियो, ७ दल राष्ट्रिय पार्टी बन्दा नेकपा (एस) र नाउपा राष्ट्रिय दल बन्न सकेनन्

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको र त्यसलाई अहिले प्रविष्ट गर्ने कार्य भइरहेको निर्वाचन आयोग, नेपालका अधिकारीहरुको भनाई छ । छ । खसेको कुल १,०५,६०,०६७ मत गणना गर्दा समानुपातिक तर्फ प्रत्यक्षमा ४४ सिट जितेको नेकपा…

ब्राजिल क्वाटर फाइनल प्रवेश , दक्षिण कोरियाको पराजयसँगै एसियाली देशहरुले सकेनन् नकाउट चरण पार

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल उपाधी दावेदार ब्राजिल दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ । जारी विश्वकप फुटबलमा दक्षिण कोरिया पनि नकाउट चरणबाट बाहिरिएपछि कुनै पनि एसियाली देशहरुले नकाउट चरण पार गर्न…

वचन साकोसको आयोजनामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही मंसिर १७ गते शनिबार एक दिवसीय सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका…

जापानलाई हराउदै क्रोएसिया कतार फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश

जापानलाई पेनाल्टी सुटाउटबाट पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । केहीबेर अगाडि समूह ‘ई’ विजेता जापान र समूह ‘एफ’को उप-विजेता क्रोएसिया बीचको नकाउट चरणको खेलको ४३औं मिनेटमा जापानका मायदाले गोल गरी जापानलाई अग्रता…

सत्ता गठबन्धनका ४ दलले गठबन्धनलाई निरन्तरता दिने

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) र राष्ट्रिय जनमोर्चाले पुन: गठबन्धनलाई निरन्तरता दिने जनाएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय…

गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङे नेकपा (एस)मा प्रवेश

गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री तथा मनाङ (ख) क्षेत्रबाट स्वतन्त्र गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा (एस) मा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभयो । मन्त्री गुरुङले आज जारी…

यही मंसिर २८ गतेसम्ममा निर्वाचन परिणाम सहितको विवरण राष्ट्रपतिलाई बुझाउने : निर्वाचन आयोग

निर्वाचन आयोग, नेपालले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम सहितको सबै विवरण यही मंसिर २८ गतेसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक गरेको…

दोलखाबाट नेकपा (माके)का कार्की विजयी , प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम सार्वजनिक

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका नेकपा (माके)का गंगा कार्की विजयी हुनुभएको छ । विजयी कार्कीले ३६,७९९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ३६,४८२ मत पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । कार्कीको…