Avatar photo

Arjun Karki

प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषद बिस्तार , नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

काठमाडौं/ आफू नेतृत्वमा सरकार गठन भएको ८८ दिनमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थप गरी मन्त्रीपरिषद बिस्तार गरेका छन् । यससँगै मन्त्रीको संख्या २२ र राज्यमन्त्रीको संख्या ३ सहित देउवा नेतृत्वको मन्त्रीपरिषदको संख्या २५ पुगेको छ…

झण्डै ३ महिना पछि आज मन्त्रीपरिषद पूर्णता पाउदै

काठमाडौं/ ५ दलीय गठबन्धनको नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले झण्डै ३ महिनापछि आज पूर्णता पाउने भएको छ । दलहरु आन्तरिक छलफलमा व्यस्त रहेकोले उनीहरुले मन्त्रीको नाम दिनासाथ आजै मन्त्री परिषद बिस्तार गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले…

खुशी खुशी साकोस, मातातीर्थको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं.८, मातातीर्थमा आफ्नै भवनमा मुख्य कार्यालय र कीर्तिपुर नगरपालिका वडा नं. ५, छुगांमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को हिजो मातातीर्थ स्थित…

सुयोग्य साकोस,कोटेश्वरको १४औं वार्षिक साधारणसभा सम्पन्न, पम्फा न्यौपाने अध्यक्ष चयन

काठमाडौं/ यही असोज १६ गतेबाट आरम्भ भएको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा आज समापन कार्यक्रम गरी सम्पन्न भयो । सो कार्यक्रम सोही संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षता तथा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी…

नेकपा(एस)का नेताद्वय पाण्डे र राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने

काठमाडौं/ नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र सचिव राजेन्द्रकुमार राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको जनाइएको छ । आज सत्तारुढ गठबन्धनको नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट नेताद्वय पाण्डे र राईलाई बागमती प्रदेश…

आजबाट बडादशैं शुरु,१५ दिनसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका अदालतका सबै कार्य बन्द

काठमाडौं/ आजबाट नेपालीहरुको महान चाड बडादशैं आरम्भ भ एको छ । आज बिहानैदेखि पुजा कोठामा सरसफाई गरी घटस्थापना गरेर जमरा राख्ने कार्य भइरहेको छ । आजैबाट बडादशैंको कालरात्री शुरु भएको छ भने नवदुर्गाको पुजापाठ पनि शुरु भएको छ । मानिसहरु…

सार्वजनिक यातायातका सवारी साधनको भाडा बृद्धि, काठमाडौं उपत्यकामा रु.१८ देखि रु.३५ सम्म भाडादर कायम

काठमाडौं/ बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७८ कार्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको भाडा बृद्धि गरेको जनाएको छ । जस अनुसार ०-५ कि.मी. सम्म दुरीको भाडा रु.१८,०-१० कि.मी.सम्म दुरीको भाडा रु.२३,०-१५ कि.मी.दुरीको भाडा रु.२७,…

२ नं. प्रदेशका मुख्यमन्त्री रावतलाई ७७ सभासदको समर्थन

काठमाडौं / २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले प्रदेश सभाबाट दुई तिहाई सभासदको समर्थन पाएका छन् । आज आफू नेतृत्व सरकारलाई समर्थन गरियोस् भनी मुख्यमन्त्री रावतले प्रदेश सभामा विश्वासको मत मागेपछि भएको मतदानमा उपस्थित १०० जना प्रदेश सभा सदस्य मध्ये…

नेपाली काँग्रेसका नेता सिंह र विप्लव बीच भेट

काठमाडौं/ पूर्ववर्ती ओली सरकार र आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती कार्यान्वयन लगायतका समसामयिक राजनीतिक विषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिगत केही समययता बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी छलफल गरिरहेका छन् ।…

ललितपुर महानगरपालिका सहकारी अनुगमन गर्दै छ : सहकारी प्रमुख डंगोल

ललितपुर/ ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिकाले सहकारी अनुगमन गरिरहेको बताउनु भएको छ । अलगपथका अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सहकारी संस्थाहरुलाई साधारण सभा सञ्चालन गर्न उहाँले निर्देशनात्मक अनुरोध गर्नु भएको छ…