Category राजनीति

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी बीच एकीकरण

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टी आइतबार जनकपुरधाममा एक कार्यक्रम बीच एकीकरण भएको घोषणा गरियो । सो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले मधेशवादी दलहरुका नेताहरुले आफूहरुसँग धोकाधडी गरेको भन्दै मधेशी ,…

५ दिनसम्ममा कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न कोशी प्रदेश प्रमुखद्वारा आहवान

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा कोशी प्रदेश सभामा बहसमत प्रनप्त गर्न सक्ने सदस्यलाई यही श्रावण १६ गते अपरान्ह ५ बजे भित्र कोशी प्रदेश…

राष्ट्रपति पौडेलद्वारा मिटरव्याज पीडित सम्बन्धी विधेयक प्रमाणिकरण

संघीय संंसदका दुबै सदनले पारित गरेको मिटरव्याज पीडित सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेसँगै यो विधेयक ऐनमा परिणत भएको छ । राजपत्रमा प्रकाशन भए…

४१औँ वी.पी.स्मृति दिवसको अवसरमा इनरुवामा वी.पी. कोइरालाको शालिक उद्घाटन

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार वी.पी. कोइरालाको ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । यसै सन्दर्भमा शनिबार सुनसरी जिल्ला सदरमुकाम इनरुवामा उहाँको पूर्णकदको शालिक नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो…

प्रचण्डले नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पने काम गरे : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रचण्डले विद्युत व्यापारको नाममा नेपालको जलश्र‍ोतको स्वामित्व भारतलाई सुम्पेर आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवसको अवसरमा स‍ो पार्टीको आयोजनामा आज ललितपुरको भैंसेपाटीमा सम्पन्न स्मृति सभामा मन्तव्य व्यक्त…

समाजवादी मोर्चाको नेतृत्व ४/४ महिनामा बदलिने

नेकपा (माके), जनता समाजवादी पार्टी नेपाल , नेकपा (एस) र विप्लव नेतृत्वको नेकपा रहेको समाजवादी म‍ोर्चाको बैठकले उक्त मोर्चाको नेतृत्व ४/४ महिनामा बदल्ने निर्णय गरेको जनाइएको छ । नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको त्यस बैठकले…

नेकपा (एमाले)को बागमती प्रदेेेशको इञ्चार्ज गुरु बराल, कोशी प्रदेशमा नयाँ सरकार बनाउनु पर्ने

नेकपा (एमाले)को रिक्त रहेको बागमती प्रदेश इञ्चार्ज नेता गुरु बराल बन्नुभएको छ । शनिबार त्यस पार्टीको मुख्यालय च्यासल , ललितपुरमा बसेको स‍चिवालयको बैठकले नेता बराललाई प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको जनाइएको छ । उक्त बैठकले कोशी प्रदेश सरकार अबैधानिक भएकोले त्यसलाई…

अर्को महिनाबाट एमसीसी परियोजना कार्यान्वयन हुने

शुक्रबार ढाका हुदै नेपालको एक दिने भ्रमणमा काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोलाल्ड लु र परराष्ट्र मन्त्री नारायणप्रकाश साउद बीच भएको भेटमा अर्को महिनाबाट एमसीसी परिय‍ोजना कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ । त्यसका लागि अमेरिकी सहायक विदेशमन्त्री लुले…

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनमा नेताहरुदेखि पूर्व राजा समेतले गरे शोक प्रकट

नेकपा (माके)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि श्रीमती सीता दाहालको आज भएको निधनमा विभिन्न राजनीतिक दलका नेतादेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले शोक प्रकट गरे । नेकपा (माके)कि सल्लाहकार समेत रहेकी सीता दाहालको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,…

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति विरुद्ध आज पेशी

नेपाली कांग्रेसका नेता उद्धव थापाको कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध शुक्रबार नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पेशी तोकिएको सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलको भनाइ छ । ४ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त…